सोमबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको हो । यस दिन नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झरेको छ । यो केही महिना यताकै उच्च गिरावट हो ।
अाज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १८ दशमलब २० अंकले घट्दै ५२५ दशमलब ९० विन्दुमा झरेको छ । आज सबै उपसूचक ऋणात्मक (नेगेटिभ) हुँदा सेयर बजार नै राताम्मे भएको छ ।
एक सय अंक माथिले नेप्से घट्दै गर्दा आज कारोबार भने झण्डै ९ अर्ब हाराहारीको भएको छ । नेप्सेका अनुसार यस दिन बजारमा कुल ८ अर्ब ८८ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ ।
गत आइतबार १० अंकले घटेको बजारमा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँको कारोबार भएको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया