Samriddhipost
२०८१ चैत २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत १६ गते शनिबार

आज सम्बतसर आमावाश्या वि.सं. २०८२ साल ।श्री शाके १९४७ नेपाल सम्बत ११४५-११४६।2025-2026 AD. सिद्धार्थी नामक : संबत्सर । राजा  सूर्य । मन्त्री चन्द्र  रहेका छन  यस वर्ष   यहि मिति २०८१/१२/२१ गते विहीबारका दिन नईकलईकाे शुभ मुहूर्त रहेकाे छ । उपर्युक्त २१ गते विहीबारका दिन मिथुन,तुला र कुम्भ राशीहरूलाई अपैट हुनेछ भने विषुका दिन अर्थात २०८२ बैसाख १ गते  साेमबार  नया वर्षका दिन  कर्क,बृश्चिक र मीन राशीहरूलाई अपैट हुने ज्याे. मेखराज जाेशी ले बताउनु भएकाे छ ।
यस्ताे छ राषिफल                        
मेष (पु.प.वा.ल.ल.ल.ल.ला.अ.)
वैशाखमा स्थान परिवर्तन र यात्रा । जेठमा हानीनोक्सानी र भय, असारमा सुख र धनप्राप्ति, श्रावणमा रोगभय र मानहानी, भदौमा आर्थिकसमस्या भए पनि शत्रुनाश र सुख, कार्तिकमा यात्रा र खर्चवृद्धि, मङ्सिरमा स्वास्थ्यसमस्या, पुसमा मानहानी, माघमा काम बन्ने, फागुनमा धनलाभ, र चैतमा अनावश्यक खर्चवृद्धि हुनेछ । वर्षको सुरुवातमा बृहस्पति र केतुले शुभ फल दिनेछन् । धार्मिकक्षेत्रको यात्रा र परिवारमा माङ्गलिक कार्य हुनेछ । जेठपछि फजुल खर्च बढ्ने र स्वास्थ्य समेत कमजोर हुने देखिए पनि जेठपछि राहु शुभ रहनाले नयाँ कामको सुरुवात हुनेछ । शनिको प्रतिकूलताका कारण विभिन्न झमेलामा फस्नुपर्नेछ। पशुव्यवसाय र वैदेशिक क्षेत्रको काम राम्रो रहनेछ । पठनपाठनमा भने रुचि कम हुँदै जानेछ । आर्थिकदृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ रहेका छन् ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वैशाखमा धन तथा स्थानहानी, जेठमा डरत्रासको अवस्था र यात्रा, असारमा धननाश, श्रावणमा धनप्राप्ति, भाद्रमा रोगभय, असोज र मङ्सिरमा खर्चवृद्धि, कार्तिकमा शत्रुनाश, पुसमा रोगभय, माघमा मानहानी, फागुनमा सुखसमृद्धि र चैतमा अप्रत्यासित रूपमा धनलाभ हुनेछ । शनि र राहु शुभ भएकाले यस वर्ष आर्थिक क्षेत्र राम्रो रहनेछ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । गुरु अनुकूल हुने हुँदा अध्ययनमा रुचि बढ्नेछ । वस्त्र, गरगहना र भूमि एवं वाहनको सुख मिल्नेछ । पारिवारिक समस्याहरू समाधान हुनेछन् । धार्मिक क्षेत्रमा अर्थको उपयोग हुनेछ । तीर्थस्थलहरूको भ्रमण हुनेछ । वैदेशिक व्यापार फस्टाउनेछ । नोकरीमा मानसम्मान मिल्नेछ । यो वर्ष पशुव्यवसाय, जग्गाजमिन र मोटरवाहनको व्यवसाय कमजोर रहेको छ। आर्थिकदृष्टिले श्रावण, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् ।
मिथुन (क.कि.कु.घड.छ.के.को.ह.)
वैशाखमा अप्रत्याशित लाभ, जेठमा आफन्तमा धन जाने र नर्फकने, असारमा स्थानपरिवर्तन, श्रावणमा पेशागत समस्या र विवाद, भादमा आकस्मिक धनलाभ, असोजमा मानहानी र रोगवृद्धि, कार्तिकमा धनलाभ, मङ्सिरमा शत्रुनाश र सुखप्राप्ति, पुसमा लामो यात्रा र खर्च वृद्धि, माघमा स्वास्थ्य र पारिवारिक समस्या, फागुनमा पापकर्ममा मन जाने र मानहानी, चैतमा अधुरा काम बन्ने र धनलाभसमेत हुनेछ । सामान्य फलदायी वर्ष रहेको छ । अध्ययनकार्य राम्रो रहनेछ । वैदेशिक क्षेत्रको रोजगारी, वैदेशिक व्यापार र जग्गाजमिनसम्बन्धी कारोबारबाट राम्रो आम्दानी हुनेछ । शनि, राहु र बृहस्पति अशुभ फलदायी भएकाले पापकर्ममा मन जाने, दुर्व्यसनमा फरने, मुद्दामामिलामा फस्ने डरसमेत रहेको छ । परिवारमा माङ्गलिककार्य हुनेछ। आर्थिक दृष्टिले वैशाख, असोज, मङ्सिर र चैत महिना शुभ रहेका छन ।
कर्कट (हि.हु.हे हो.डा.डि.ड्डे डो
वैशाखमा सुखसमृद्धि, जेठमा धनलाभ एवं सुखप्राप्ति, असारमा धननाश, र पेशापरिवर्तन, श्रावणमा लामो यात्रा तथा स्थानपरिवर्तन, भाद्रमा हानी र भय, आश्विनमा धनलाभ, कार्तिकमा पारिवारिक स्वास्थ्यसम्बन्धी चिन्ता, मङ्सिरमा आर्थिकसङ्कट, पुसमा शत्रुनाश, माघमा लामो यात्रा र खर्चवृद्धि, फागुनमा स्वास्थ्यसमस्या र चैतमा मानप्रतिष्ठामा आँच आउनेछ । सामान्य फलदायी वर्ष रहेको छ । वर्षारम्भमा गुरु र केतु शुभ रहनाले मान बढ्नेछ । आकस्मिक धनलाभहुनाका साथै सुखशान्ति मिल्नेछ । जेठबाट अधिकांश ग्रहहरूको अशुभफलका कारण मनमा अशान्ति, कार्यमा विघ्नबाधा, आर्थिकसङ्कट र स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नुपर्नेछ । पेशागत झमेला र विवादका कारण निदा पर्नेछैन । तीर्थस्थलहरूको भ्रमण हुनाका साथै परिवारमा माङ्गलिक कार्यसमेत हुनेछ । अध्ययन अध्यापन राम्रो रहनेछ । नोकरीमा थुप्रै अपजस खप्नुपर्नेछ । आर्थिक दृष्टिले वैशाख, जेठ, कार्तिक र पुस महिना शुभ रहेका छन्।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.दु.टे)

वैशाखमा मानसम्मानमा बाधा पर्ने, जेठमा सुखलाभ, असारमा आकस्मिक रूपमा धन एवं वाहनको लाभ हुने, श्रावणमा अनावश्यक खर्च, भाद्रमा स्थानपरिवर्तन, असोजमा लामो यात्रा र खर्चवृद्धि, कार्तिकमा धनलाभ तथा सुखप्राप्ति, म‌ङ्सिरमा स्वास्थ्यबाधा, पुसमा आर्थिकसङ्कट र ऋण, माघमा शत्रुनाश र सुख, फागुनमा लामो यात्रा र खर्चवृद्धि तथा चैतमा पारिवारिक स्वास्थ्यसम्बन्धी चिन्ता हुनेछ । मध्यम फलदायी वर्ष रहेको छ । आर्थिक उन्नति हुनेछ। पठनपाठनकार्य सफल हुनेछ । बौद्धिक क्षेत्रमा कामहरू पूरा हुनेछन् । अढैया शनि र राहुको प्रभावले झुट्टा आरोप लाग्ने, मनमा अशान्ति, मानसिक तनाव, आफन्तमा वैरभाव, सञ्चित धनको नाश, पारिवारिक समस्याजस्ता फल लाग्ने हुनाले अनिष्ट फलबाट बच्न उपग्रहहरूको शान्ति कर्म गर्नुपर्नेछ । माङ्गलिक कार्य र तीर्थयात्रा समेत हुनेछ । नोकरीमा तनाव खप्नु परेपनि पदोन्नति हुनेछ । व्यापारबाट राम्रो नाफा मिल्नेछ । वैदेशिक क्षेत्रको काम अधुरै रहनेछ । आर्थिक दृष्टिले जेठ, असार, मङ्सिर र माघ शुभ रहनेछन् ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)

वैशाखमा स्वास्थ्यसम्बन्धी समस्या, जेठमा मानप्रतिष्ठामा आघात, असार मङ्सिरमा सुख र धनको लाभ, श्रावणमा सन्तुष्टि, भदौमा अनावश्यक खर्च, असोजमा लामो यात्रा र खर्चवृद्धि, कार्तिकमा हानीनोक्सानी, पुसमा रोगभय, माघमा आर्थिकसङ्कट, फागुनमा शत्रुनाश र सुख तथा चैतमा लामो यात्रा हुनेछ । शुभ फलदायी वर्ष रहेको छ । राहु र बृहस्पतिका कारण शत्रुनाश हुनेछन् । आर्थिक उन्नतिका बाटा खुल्नेछन् । नयाँ कामको थालनी हुनेछ । शनि र केतु अशुभ फलदायी रहनाले थुप्रै अपजस खप्नुपर्नेछ । पारिवारिक समस्याले समेत सताउनेछ । वैदेशिक क्षेत्रको व्यापार र रोजगारी समेत कमजोर र हनेछ तर नोकरी र पशुपालन व्यवसायबाट राम्रो लाभ मिल्नेछ । अध्ययन अध्यापन कार्य अधुरै रहने छ । वंशवृद्धि हुनेछ । पारिवारिक स्वास्थ्यका क्षेत्रमा ठुलै खर्च हुनेछ । आर्थिक दृष्टिले असार, श्रावण, मङ्सिर र फागुन महिना शुभ रहनेछन् ।
तुला(रा. री. रु. रे.रो. ता.ती.तु.ते) वैशाखमा लामो यात्रा हुने र खर्च समेत बढ्ने,

T208-wh

जेठमा स्वास्थ्य समस्याले सताउने, असारमा मानसम्मानमा हानी हुने, श्रावणमा सुख र धन वृद्धि हुने, भदौमा गुमेको धन हात लाग्ने, असोजमा यात्रा र खर्चवृद्धि, कार्तिकमा स्थानपरिवर्तन, मङ्सिरमा स्वास्थ्यसमस्या, पुसमा नसोचेको धनलाभ, माघमा स्वास्थ्य समस्या, फागुनमा आर्थिकसङ्कट र ऋण एवं चैतमा शत्रुहरू नाश हुनेछन् । शुभफलदायी वर्ष रहेको छ। बृहस्पति र शनि शुभ रहनाले अधुरा काम पूरा हुनेछन् । पठनपाठन लगायत बौद्धिक क्षेत्रका काम बन्नेछन् । आम्दानी बढ्नाले आथिर्क उन्नति हुनेछ। शत्रुहरू नासिनेछन् । स्वास्थ्य समस्याबाट समेत छुटकारा मिल्नेछ । राहु अशुभ रहनाले अचानक हानी बेहोर्नुपर्नेछ । सन्तान समेत टाढिनेछन् । आर्थिक दृष्टिले श्रावण, भाद्र, पौष र चैत्र महिना शुभ रहेका छन् ।

वृश्चिक (तो.ना.नि.नू.ने.नो.या.यि.यू)

वैशाखमा शत्रुहरूमाथिको मुद्दा मामिलामा विजयप्राप्ति, जेठमा लामो यात्रा र खर्चवृद्धि, असारमा स्वास्थ्य कमजोर, श्रावणमा पापकर्ममा मन जानाले मानहानी हुने, भदौमा अधुरा काम पूरा हुने र सुख बढ्ने, असोजमा धनप्राप्ति, कार्तिकमा यात्रा र धननाश, मङ्सिरमा स्थानपरिवर्तन, पुसमा हानीनोक्सानी बढ्ने, माघमा अचानक धनलाभ, फागुनमा स्वास्थ्य कमजोर रहने र मानहानी हुने तथा चैतमा आर्थिकसङ्कटको सामना गर्नुपर्नेछ । सामान्य फलदायी वर्ष रहेको छ । अधिकांश ग्रहहरू प्रतिकुल फल दिने भएकाले आँटेका कामहरू अधुरै रहनेछन् आर्थिक उन्नति र सञ्चिति दुवै कमजोर भएकाले आर्थिक व्ययभार धान्न कठिन हुनेछ । आलस्यवृद्धिका कारण अध्ययन-अध्यापन पनि अधुरो रहनेछ । पारिवारिक स्वास्थ्यका क्षेत्रमा ठुलै धनराशि खर्च गर्नुपर्नेछ । वंशवद्धि हुनेछ । नोकरी र व्यापारबाट राम्रै लाभ हुनेछ । आर्थिकदृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहेका छन् ।
धनु (य.यो.भा.भी.भू.घ.फा.ढ.मा) 
वैशाखमा आर्थिक सङ्कट र ऋणवृद्धि, जेठमा शत्रुनाश र सुख, असारमा लामो यात्रा र खर्चवृद्धि, श्रावणमा स्वास्थ्य कमजोर रहनाले चिन्ता, भदौमा मानहानी हुने, असोजमा कार्यसिद्धि र धन लाभ, मङ्सिरमा स्वास्थ्यसम्बन्धी समस्या र धननाश, पुसमा स्थानपरिवर्तन, माघमा हानीनोक्सानी बढ्ने, फागुनमा अधुरा काम पूरा हुने र धनलाभ हुने तथा चैतमा पारिवारिक समस्याले सताउनेछ । मध्यम फलदायी वर्ष रहेको छ । पारिवारिक समस्याबाट मुक्ति मिल्नेछ । अध्ययन-अध्यापन कार्य सफल रहेको छ । वैदेशिक क्षेत्र र व्यापारबाट समेत राम्म्रो आम्दानी हुनेछ । नयाँ कामको थालनी र पेशा प्राप्त हुनेछ । अढैया शनिका कारण काममा विघ्नबाधा आउने हुनाले शनिका शान्तिकर्म गर्नुपर्ने देखिन्छ । नोकरी र सामाजिक कामबाट मानप्रतिष्ठा बढ्ने छ । आर्थिकदृष्टिले जेठ, असोज, कार्तिक, र फागुन महिना शुभ रहेका छन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.से.खो.गा.गी)
वैशाखमा स्वास्थ्य खराब रहने र मानहानी हुने, जेठमा आर्थिकसङ्कट, असारमा शत्रुनाश र सुखप्राप्ति, श्रावणमा खर्चवृद्धि, भदौमा स्वास्थ्यसम्बन्धी चिन्ता, असोजमा पापकर्ममा मन जाने र मानहानी हुने, कार्तिकमा कार्यसिद्धि, मङ्सिरमा धनलाभ, पुसमा धननाश र पीडा, माघमा स्थानपरिवर्तन, फागुनमा हानीनोक्सानी तथा ब्वैतमा धनलाभ हुनाका साथै सुखसमेत मिल्नेछ । मध्यम समय चलेको छ । शनि शुभ फलदायी रहेकाले यो वर्ष सुखसमृद्धि बढ्नेछ । हरेक काममा आफन्तको सहयोग मिल्नेछ । नयाँ पेशाको प्राप्ति हुनाका साथै नयाँ उद्योग व्यवसायको थालनीसमेत हुनेछ । राहु र बृहस्पतिका कारण काममा विघ्नबाधा आइपर्ने र बोलीको विपरीत अर्थ लाग्ने भएकाले होशियार रहनुपर्नेछ । नोकरी र व्यापारव्यवसायबाट राम्रै लाभ हुनेछ । पठनपाठनलगायत बौद्धिक

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
वैशाख र श्रावणमा धनप्राप्ति, जेठमा मानहानी, असार र भदौमा यात्रा तथा खर्चवृद्धि, असोजमा स्वास्थ्यसमस्या, कार्तिकमा मानहानी, मङ्सिर र पुसमा सुख र धनलाभ, माघ र फागुनमा ऋण वृद्धि र स्थाननाश तथा चैतमा व्यापार र पशुव्यवसायमा हानी हुनेछ । बृहस्पति शुभ फलदायी रहेकाले बौद्धिक क्षेत्रका कामहरू बन्नेछन् । आर्थिक उन्नति हुनेछ तथा पठनपाठन सफल रहनेछ । सन्तानसुख मिल्नेछ । स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ । धार्मिक र सामाजिक काममा धेरै समय बित्नेछ । शनि, राहु, र केतु अशुभ रहनाले झुट्टा आरोप लाग्ने, मन अशान्त रहने, शरीरमा आलस्य पैदा हुनेजस्ता अशुभ फलहरूको प्राप्ति हुने हुनाले दोषनिवारणका लागि उक्त ग्रहहरूको शान्तिकर्म गर्नुपर्ने देखिन्छ । आर्थिक दृष्टिले वैशाख, श्रावण, मङ्सिर र पुस महिना शुभ रहेका छन् ।

मीन (दी.दू.श.भ.ज.दे.दो.च.ची)

वैशाखमा हानीनोक्सानी, जेठमा अप्रत्यासित रूपमा धनलाभ, असारमा स्वास्थ्यमा बाधा, श्रावणमा आर्थिकसङ्कट र ऋणवृद्धि, भदौमा शत्रुनाश र सुखवृद्धि, असोजमा लामो यात्रा र खर्चवृद्धि, कार्तिकमा स्वास्थ्यका लागि खर्च, मङ्सिरमा मानहानी, पुस र माघमा धन र सुखसमृद्धि एवं फागुन तथा चैतमा आम्दानीभन्दा बढ्ता खर्च हुनेछ । जग्गाजमिनको प्राप्ति र वाहनसुविधासमेत उपलब्ध हुनेछ । मुद्दामामिला र झमेलामा फस्ने डर भएकाले होसियारीसाथ सोचेर मात्र कसैलाई विश्वास गर्नुपर्नेछ । अपजस ने खप्नुपरे पनि नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । । व्यापारव्यवसायबाट सामान्य लाभ हुनेछ । परिवारमा माङ्गलिक कार्य क हुने र कुटुम्बवृद्धि हुने योगसमेत परेको छ । आर्थिकदृष्टिले जेठ, भदौ, पुस र माघ महिना शुभ रहेका छन् ।
                              ज्याे. मेखराज जाेशी
                                महाकाली न.पा. -८  
                                    असिगडा ,बगर
                   सम्पर्क माे.नं. /Whatsap no.९८६८८९७६४७

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>