Samriddhipost
२०८१ चैत २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत १७ गते आइतबार

सुदुरपश्चिममा साेमबार एमालेकाे शक्ति प्रदर्शन हुने
फायल तस्बिर

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा एकसाथ शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा भोलि प्रदेशका ९ वटै जिल्लामा शक्ति प्रदर्शन गर्ने भएको हो।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले पार्टीको निर्णयअनुसार सोमबार (भोलि) सबै जिल्लामा मोटरसाइकल ¥याली तथा जागरण सभामार्फत गणतन्त्रका पक्षमा शक्ति प्रदर्शन गर्न लागिएको जानकारी दिए।

चन्दकाअनुसार कैलालीमा मात्र तीन ठाउँमा मोटरसाइकल र्याली निकाल्ने तयारी छ। अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल र्याली निकालिनेछ छ। अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल र्याली निकालिने सचिव चन्दले बताए।

पहिलो चरणमा सबै जिल्लामा मोटरसाइकल र्याली तथा जागरण भेला गर्न लागेको एमालेले २९ चैतमा भने धनगढीमा विशेष जनसभा गर्ने तयारी गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रर्दशन गर्ने लक्ष्यसहित विशेष जनसभा आयोजना गरिरहेको हो। जनसभालाई एमालेका केन्द्रीय नेताहरुले सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>