Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २१ गते बिहिबार

टाउकाे नेपाल पुच्छर दशगजामा, यसै बर्ष कंचनपुरमा दाेस्राे हात्ति मृत

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रको दशगजा क्षेत्रमा एक बयस्क हात्ती मृत फेला परेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल नजिक नेपाल–भारत सिमा स्तम्भ नम्वर ८ सयको झण्डै ५ सय मिटर दक्षिण दशजगा क्षेत्रमा मृत अवस्थामा एक बयस्क हात्ती मृत फेला परेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनी देविस्थानका गुल्मपती तथा सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले जानकारी दिनुभएको छ् । 
गएराती सशस्त्र प्रहरीको गस्तीटोलीले दशगजा क्षेत्रमा मृत अवस्थामा हात्तीलाई देखेको उहाँले बताउनुभयो । आज बिहान दुबै देशका सुरक्षाकर्मी, बनकर्मीले घट्नास्थलमा पुगेका छन् । मृत हात्तीको शरिर दशगजामा र टाउको नेपाली भुमीमा रहेको बताईएको छ् । समाचार तयारपारुञ्जेल घट्नास्थलमा दुबै देशका प्राबिधिक टोली पुगेका छन् । हात्ती मृत्यु भएको कारणको अनुसन्धान भईरहेको दुबै देशका सुरक्षाअधिकारीहरुले जनाएका छन् । गत महिना लालझाडि गाउँपालिकामा समेत हात्ती मृत फेला परेकाे थियाे ।

गत बर्ष शुक्लफाटा नगरपालिका ७ स्थित पनि हात्तिकाे मृत्यु भएकाे थियाे ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>