कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १ वडा कार्यालयको नव निर्मित भवनको उद्धघाटन समारोह सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका– १ वडा कार्यालयको नव निर्मित भवनको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले समउद्धघाटन गर्नुभएको हो । एक कार्यक्रमको बिच नव निर्मित वडा कार्यालय भवनको समउद्धघाटन गरिएको दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्दले जानकारी दिनुभएको छ् । वडा कार्यालयको आफनै भवन बनेपछि सेवाग्राहीलाई सेवा दिन सजिलो हुने वडाध्यक्ष बिक्रम चन्दले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाले बिनियोजन गरेको रु. ३३ लाखमा शौचालय सहित ४ कोठा, एक सभा हल भवन निमार्ण भएपछि सेवाग्राहीहरुलाई सेवा दिन सहज भएको वडाध्यक्ष बिक्रम चन्दले बताउनुभयो । अझै सम्म भाडामा संचालन भईरहेको वडा कार्यालयमा थोरै कोठा हुने र एकै ठाँउबाट सेवा दिनु पर्ने भएकोले सेवाग्राहीलाई पनि असजिलो हुने र कर्मचारीलाई पनि टाईम धेरै लाग्ने गरेको उहाँले बताउनुभयो । अब देखि आफ्नै वडा कार्यालयबाट सेवाग्राहीलाई छिटो र छरितो काम हुने वडाध्यक्ष चन्दले बिश्वास लिएका छन् । वडा कार्यालय भवनको उद्धघाटन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले नगरपालिका कार्यपालिका बैठकबाट रकम बिनियोजन गरि वडा कार्यालय भवन निमार्ण कार्य सम्पन्न भएको बताउनुभएको छ् । नगर क्षेत्रको केही वडा कार्यालयको आफ्नै भवन नभएको र भवन निमार्ण कार्यका आफु र आफ्नो टिम लागिपरेको नगरप्रमुख लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका– १ वडा सुख्खाबन्दरगाह निमाणधिन क्षेत्र रहेको हुदा अबका दिनहरुमा नगर क्षेत्रमा पर्यटकहरुलाई भित्र्याएर नगरको समृद्धि बनाउन सबैले लाग्नु पर्ने बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्र ऐतिहासिक भुगोल रहेको हुदा दोधारा चाँदनी नगरपालिकाको समृद्धि र बिकासको लागी साँझा अभियान थाल्नु पर्ने बेला आएको नगरप्रमुख लिम्बुको भनाई छ् । नगर क्षेत्रमा पर्यटक भित्र्याउन सक्ने ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो । नव निर्मित भवनको उद्धघाटन समारोहमा वडाको समृद्धि र बिकासमा सहयोग पुर्याउने केही ब्यक्तीहरुलाई सम्मानित गरेको वडा कार्यालयले जनाएको छ् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया