Samriddhipost
२०८१ चैत २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २५ गते सोमबार

नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ। चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

जसअनुसार सुदूरपश्चिमको हकमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा राखिएका छन्।

बैठकले प्रदेश सह इन्चार्ज रहेका नेतालाई प्रदेश समन्वय कार्यालयको सदस्य निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीको विभाजन गर्ने निर्णय गरेको पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश कमिटीलाई परिपत्र गरिएको छ।

साथै प्रदेश समन्वय कार्यालय बिस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ। बैठकले केन्द्रीय समितिप्रति जबाफदेही रहने गरी केन्द्रीय सदस्यको कार्य विभाजनको क्रममा प्रदेश समन्वय कार्यालयलाई विगतमा गठन भएको मापदण्डलाई नै यथावत राखेर क्रियाशील गराउने निर्णय गरेको छ।

बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ। जसअनुसार तत्कालका लागि सुदूरपश्चिमको सवालमा बाजुरामा मनलाल खत्रीलाई इन्चार्ज तोकिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>