अशोका युनिभरसिटी भारतको एक अध्यन टोली कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका पुगेर फर्केको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ सुख्खाबन्दरगाह क्षेत्रको पुगेर अशोका युनिभरसिटी नयाँ दिल्ली (भारत) को बिद्यार्थी टोली सिमा क्षेत्रको अवस्थाको अध्यन गरेर फर्केको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । अशोका युनिभरसिटीको १५ जना बिद्यार्थीहरु अध्यनको लागी दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा पुगेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । युनिभरसिटीको अध्यन टोलीले सिमा क्षेत्रको अवस्था, सिमा क्षेत्रमा सुरक्षाकर्मीले गर्ने व्यावहार, आवागनम, दुई देशका बिचको सम्बन्ध लगाएत बिषयमा अध्यन गरेको नगरप्रमुख लिम्बुले बताउनुभयो । अशोका युनिभरसिटीको अध्यन टोलीले दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नेकपा एमाले जिल्ला कमिटि कञ्चनपुरका उप–सचिव राजिब खड्का, नेकपा एमाले दोधारा चाँदनी नगर कमिटि अध्यक्ष गणेश भाट, सुरक्षाकर्मी तथा स्थानियबासीहरुलाई भेट गरि सुख्खा बन्दरगाह, सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था, दुई देशको बिच सामाजिक सदभावको बारेमा छलफल गरेको छ् । अशोका युनिभरसिटी नयाँ दिल्ली (भारत) का अध्यनकर्ता रिया सिन्हाले दुबै देशको बिच आपसी भाईचारा निकै राम्रो रहेको आफुहरुले पाएको बताउनुभएको छ् । आफुहरुले दुबै देशको सुरक्षाकर्मी, सिमा क्षेत्रमा आवागमन गर्ने स्थानियबासी, राजनितिककर्मीहरु संग नेपाल–भारत सिमा क्षेत्रमा हुने समस्या तथा सहजताको बारेमा जानकारी लिएको रिया सिन्हाले बताउनुभयो । सुख्खाबन्दरगाह निमार्णले दुबै देशको जनतामा कस्तो फाईदा हुन्छ, महाकाली नदीले गर्दै आएको फाईदा तथा बाढीले गर्ने प्रभाव लगाएत यावत बिषयमा आफ्नो टोलीले अध्यन गरेको रियाले बताउनुभयो । सुख्खाबन्दरगाह निमार्णले दुबै देशको लागी निकै फाईदाजनक रहेको आफुहरुले पाएको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्र भौगलिक हिसावले निकै सुन्दर रहेको हुदा अबका दिनहरुमा पर्यटकहरुलाई भित्र्याउन पहल गर्नु आवश्यक रहेको अध्यनकर्ता रिया सिन्हाले बताउनुभयो । अशोका युनिभरसिटी भारतको अध्यन टोलीलाई दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले स्वागत गर्नुभएको हो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया