Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २६ गते मङ्गलबार

धनगढीमा रहेको एक होटलबाट चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एनएस होटलबाट लागुऔषधसहित चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ का २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका–१० का २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दीपायल सिलगढी नगरपालिका–८ का १९ वर्षीय रिजन कठायत र कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १८ वर्षीया आशिका सिजापती रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

चैत २५ गते रातिको समयमा होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा चेकजाँच गर्दा ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन फेला परेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>