Samriddhipost
२०८२ बैशाख ०४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २७ गते बुधबार

सुदुरपश्चिम विश्वविद्यालयमा आज स्ववियु चुनाव हुदै, केन्द्रीय क्याम्पसमा तालाबन्दी
फायल तस्बिर

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा पहिलाे पटक  आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान हुदैछ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने तीन क्याम्पसमा सर्वसम्मत  स्ववियु नेतृत्व चयन भइसकेको छ ।
कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस तथा बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने तालबान्दी छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपानिकट अखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
 
अनेरास्ववियू र अखिल समाजवादीले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरेका हुन् । क्याम्पस प्रशासनले चैत १८ उम्मेदवारी दर्ताको अघिल्लो दिन तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । डेढ दशकअघि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अहिलेसम्म स्ववियु निर्वाचन हुन नसकेको छैन । यस्तै, तीन आंगिक क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व चयन भएको छ । बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया सभापतिमा सर्वसम्मत चयन भएका छन् । त्यहाँ  उपसभापति र सचिव नेविसंघका छन् ।
 
यस्तै बाजुराकै बडीमालिका क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सविन रावत निर्विरोध निर्वाचित भएका छन् । डोटीको सीताराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै निर्विरोध निर्वाचित भएको छ । स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर, उपसभापतिमा मनिषा कुमारी भट्ट(रोस्यारा), सचिवमा ललितबहादुर साउद, सहसचिवमा लक्ष्मीकुमारी विक, कोषाध्यक्षमा कविताकुमारी बलायर निर्विरोध निर्वाचित भएका छन् । 
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>