राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापामा लगिएको छ ।
उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए ।
उनलाई शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको बताए । प्रसाईंले बिहीबार भारतमा आत्मसपर्मण गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ । दुर्गा पर्साईका अंग रक्षक पनि पक्राउ परका छन ।
प्रसाईंमाथि तीनकुनेमा राजवादीले चैत १५ मा गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको आरोप छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया