सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक प्राचीन मन्दिरमा पुर्णागिरीका दर्शनार्थीका आर्कषण बढेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर सिद्धनाथ मन्दिरमा दर्शनार्थीको आकर्षण बढेकोे हो ।
चैत्रेदशैँदेखि दर्शनार्थीहरुको दैनिक घुईचो लाग्ने गरेको छ । हरेक बर्ष फागु पुर्णिमादेखि असारको औसीसम्म संचालन हुने पुर्णागिरी मेलाका दर्शनार्थी दर्शनका लागि उक्त मन्दिरमा आउने गरेका छन ।
भारत्त उत्तराखण्ड चम्वापत र नेपाल सुदूरपश्चिम प्रदेश कञ्चनपुर महेन्द्रनगर र ब्रम्हदेबको सिद्धनाथ मन्दिरमा एकसाथ पुर्णागिरी मेला संचालन हुँदै आएको छ । सिद्धनाथ मन्दिर समितिका मुल पुजारी पुष्करराज उप्रेतीले पुर्णागिरीको दर्शन गरेपछि नेपालमा रहेका सिद्धनाथ मन्दिरको दर्शन गरेपछि मात्रै मनोकामना पुरा हुने जनविश्वासका साथ पुर्णागिरीका दर्शनार्थी आउने गरेको बताए ।
‘यो मन्दिर पहिले ब्रम्हदेबमै थियो, त्यहाँ पुर्णागिरीका दर्शनार्थी महाकाली नदी तरेर नेपाल आउन जोखिम हुन्थ्यो ‘उनले भने, ‘त्यसपछि आज भन्दा झण्डै ६दशक अघि सिद्धनाथको सिला ल्याएर महेन्द्रनगरमा पनि स्थापना गरियो ।’उनका अनुसार १८ फागुन ०१८सालमा महेन्द्रनगरमा सिद्धनाथ मन्दिरकोे स्थापना गरिएको छ । त्यहाँदेखि यता क्रमिक रुपमा दर्शनार्थीहरु आउनेक्रम जारी रहेको उनले बताए । मु्ल सिला ल्याएर स्थापना गरेसंगै दर्शनार्थीहरुको रोजाई यहाँपनि भएको उनले बताए ।
बनबासा नाकादेखि महेन्द्रनगर आउँदा सीमा क्षेत्रमा हुने चेकजाँच कडाई भएपनि दर्शनार्थीलाई असहज भएको उनले बताए । विगतको भन्दा केही मन्दिरमा समेत सुविधा विस्तार गरिएको उनले बताए ।
उनका अनुसार हरेक बर्ष १लाख भन्दा बढि दर्शनार्थीले सिद्धनाथ मन्दिरमा दर्शन गर्दै आएका छन । यस बर्षपनि लाख भन्दा बढि दर्शनार्थीले मेला अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए । सिद्धनाथ मन्दिर समितिका कावा महासचिव चन्द्रकान्त भट्ट(सिके)ले दर्शनार्थीकोे सुविधाका लागि केही यस बर्ष योजना संचालनमा रहेको बताए ।
उनका अनुुसार दर्शन गरेपछि बाहिरिने गेट निर्माण, छुट्टै बजार व्यवस्थापन, शैचालय, स्थान गृह थप, सिसिटिभी क्याम्मेरा जडान, कार्यालय व्यवस्थापन, मेला अवधिभर अस्थायी सुरक्षा गार्डकोे व्यवस्था लगायतका दर्शनार्थीको सुविधानका लागि योजना संचालन गरेको बताए । ‘यो मन्दिरमा अझै दर्शनार्थीको आकर्षण बढाउनका लागि सरोकारवालाले आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्नुपर्छ, ‘उनले भने, ‘बढि भन्दा बढि दर्शनार्थी मन्दिरमा आउँदा यस जिल्लाकै आर्थिक सम्बृद्धि हासिल गर्न सकिन्छ ।
’ समितिले आगामी दिनमा समेत थप कार्यक्रम संचालन गर्ने बताए । ०६० सालतिर उक्त मन्दिर व्यवस्थापन समितिको सचिव समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले ऐतिहासिक मन्दिरको धार्मिक महत्वका बारेमा अन्र्तराष्ट्रिय स्तरमै प्रचारप्रचारको अभाव रहेको बताए ।
‘यो प्राचिन मन्दिर बारे समितिले पनि थप प्रचारप्रसार गर्नुपर्ने जरुरी छ, ‘उनले भने, ‘यसमा समिति सहित सरोकारवालाले समेत चासो राख्नुपर्छ ।’ यसका साथै बनबासा नाकादेखि मन्दिरसम्म दर्शनार्थी ल्याउनका लागि सीमा क्षेत्रमा झन्झट हटाउनुपर्नेमा जोडडदिए ।
‘कतिपय भारतका विभिन्न स्थानबाट आएका यात्रु पुर्णागिरी र्दशन गरेर यहाँ आउन खोज्छन, तर उनीहरु सीमा क्षेत्रमै चेकजाँचको झन्झटले बनबासा पुल क्षेत्रमा पुगेर उतै स्नान गरेर फर्किन्छन, उनीहरुलाई पनि यहाँसम्म ल्याउन सके थप नेपालको धार्मिक पर्यटन प्रर्बद्धन हुन्छ ।’ धार्मिक पर्यटकलाई यातायात सुुविधादेखि यहाँ राम्रो व्यवहार गर्न सके उनीहरुले फेरीपनि यहाँ आउनलाई उत्साहित हुने भएकाले सोही अनुरुपको असर व्यवहार गर्न आग्रह गरेका छन ।
नेपाल ब्रम्हदेब र महेन्द्रनगरका सिद्धनाथ मन्दिरमा आउने दर्शनार्थीले धार्मिकसंगै नेपाली तथा चाईनेजी समान खरिद र विभिन्न खाने परिकार उपभोगले यहाँको बजार समेत चलायमान हुने गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष धर्मसिह रावलले पुर्णागिरी दर्शनका लागि आउने दर्शनार्थीका लागि भारतीय पक्षले सीमा क्षेत्रमा सहज सुविधायुक्त बनाउनुपर्ने बताए । नेपालबाट समेत थप भौतिक सरचनादेखि सुविधा विस्तारमा जोडदिनुपर्ने बताए ।
‘जब कुनै दर्शनार्थी मन्दिरमा पुग्छ, तब उसका लागि मन्दिरका पुगेजस्तो वातावरण पनि हामीले बनाउँनुपर्छ, ‘उनले भने, ‘यसका लागि सरोकारवाला निकायले तदारुकता देखाउनुपर्छ ।’ सिद्धनाथ मन्दिर समितिका कावा अध्यक्ष कैलाश भट्टले मन्दिरको बृद्धि विकासका साथै बढि भन्दा बढि दर्शनार्थीलाई सेवा सुविधा सहज पार्नका लागि मन्दिर समितिले व्यवस्थापन गर्दै जाने बताए ।
‘हामीले बृहद योजनका साथ मन्दिरको प्रचारप्रसारदेखि अगामी दिनमा थप दर्शनार्थीको आकर्षणको केन्द्र बनाउने योजना छ, ‘उनले भने, ‘यसलाई प्रदेशकै धार्मिक पर्यटकीय गन्तव्य बनाउने सकल्प छ, यसमा सरोकारवालाले समेत साथ सर्मथन सहयोग आवश्यक रहेको छ ।’ अध्यक्ष भट्टले सबै सरोकारवाला पक्षले यसमा ध्यान दिनुपर्नेमा जोडदिएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया