Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ ११ गते मङ्गलबार

५४ लाख २५ हजार बढिले बनाए राष्ट्रिय परिचय पत्र कहाँ कहाँ चलेकाे छ संकलन कार्य ।

जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहदानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । जिल्ला प्रशासन कार्यालयमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन ।
दैनिक  घेरैजसाे जिल्ला प्रशासनमा ३/४ दर्जन भन्दा बढी सेवाग्राही राष्ट्रिय परिचय पत्र लिन आउने गरेको प्रजिअ हरु बताउछन । 
यसअघि नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने गरिए पनि पछिल्लो साता परिचय पत्रकै लागि मात्र आउने सेवाग्राही पनि बढेका छन् । सरकारले विद्युतीय राहदानी वितरण सुरु गरेसँगै त्यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भएपछि जिल्लामा परिचय पत्र बनाउने सेवाग्राही बढेका हुन । 

तत्कालका लागि परिचय पत्र नआए पनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र नम्बर भने पाउनसक्ने छन् । प्राप्त परिचय पत्र नम्बरको आधारमा राहदानी भर्न सकिने भएकाले पनि राहदानी लिने तयारी गरेका सेवाग्राही राष्ट्रिय परिचय पत्र लिनका लागि प्रशासन कार्यालय आउन थालेका हुन् ।
कंचनपुर,डडेल्धुरा ,डाेटि अछाम,भाेजपुर,पाचथर, लगायतका २५ जिल्लाहरुमा वडा स्तरमै गएर राष्ट्रिय परिचयपत्र संकलनकाे लागि तथ्याङ्क संकलन तथा बितरणकाे काम सकेकाे राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभागले  जनाएकाे छ । तर सबै नागरिकहरु सहभागी भने हुन नसकेका कारण अावश्यक भएका बेला प्रशासनमा अाउदा भिड बढेकाे देखिन्छ । कैलाली,लमजुङ,गुल्मि लगायतका १३ जिल्लाहरुमा स्थानिय तहमै टाेलि पठाएर राष्ट्रिय परिचय पत्र बनाउने सेवा दिईरहेकाे बिभाग जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>