कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘जलवायु उत्थानशिल समुदाय’ परियोजनाको शुभारम्भ गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा एक कार्यक्रमको बिच ‘जलवायु उत्थानशिल समुदाय’ परियोजनाको शुभारम्भ गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् । मर्सिकोर नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) आयोजनामा दोधारा चाँदनी नगरपालिकामा ‘जलवायु उत्थानशिल समुदाय’ परियोजनाको शुभारम्भ गरिएको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ को पटरा खल्ला, वडा नं. १० को कुतियाकवर, शान्ती टोल, १८ नम्वर पिल्लर बस्ती, बैतिफाँटा लगाएत टोलहरुलाई लक्षित गरि हालको लागी सोही वडामा परियोजनाले काम सञ्चालन गर्ने नेपाल राष्ट्रिय समाज कल्याण सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाकोको वडा नं. ३ र १० महाकाली र जगबुडा नदीको उच्च जोखिममा रहेको बस्ती रहेको हुदा बाढीबाट जोखिम न्युनिकरण संगै आर्थिकपार्जनमा परियोजनाले सघाउने कार्यक्रममा बताईएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यमा सरोकारवालाहरुको बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । संस्थाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षमता बढाउनका लागि निरन्तर रुपमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा जनप्रतिनिधी, समुदाय तथा बिभिन्न सरोकारवालाहरु संग छलफल र सहकार्य गर्दै आएको उहाँले बताउनुभयो । नगर क्षेत्रकै बमढीको उच्च जोखिममा रहेको पटरा खल्ला बस्ती, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती, कुतियाकवर बस्तीमा पक्की तटबन्ध निमार्ण कार्यलाई तदारुकताका साथ अघि बढाईएको नगरप्रमुख लिम्बुले कार्यक्रममा जानकारी गराउनुभएको छ् । व्यवस्थापनका लागि स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र प्रभावकारी हुनुपर्ने, आपतकालीन कार्य सञ्चालन केन्द्रहरु बीच प्रभावकारी समन्वय र सही सूचनाको आदान–प्रदान हुनु पर्ने, विपद्को समयमा छिटो र प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्न मद्दत पुग्ने सबै तहका निकायहरुलाई एकै लक्ष्यमा जोडेर विपद् व्यवस्थापनलाई सक्षम बनाउनुपर्ने कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । जलवायु परिवर्तनजन्य सुक्खा, बाढी, पहिरो लगाएतका बहुप्रकोपको जोखिममा रहेका समुदायको जीवन तथा भौतिक र आर्थिक सम्पत्तीको सुरक्षा गर्दै उनीहरुको जीविकोपार्जनमा टेवा पुर्याउने परियोजनाले लक्ष्य लिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले जनाएको छ् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया