Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०८ गते सोमबार

बेताल स: मिल काठ प्रकणमा समातिए सुनार, ऐरलाई छाड्ने तयारि
फायल तस्बिर

बेताल सःमिल एण्ड फर्निचर उद्योगमा भेटिएका सालका गोलिया कालिका सामुदायिक वनबाट ल्याईएको खुलेको छ । सःमिलबाट पक्राउ परेको काठ तस्करीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । आईतबार शुक्लाफाँटा नगरपालिका–११ स्थित बेताल सःमिल एण्ड फर्निचर उद्योगमा भेटिएका सालका गोलियाको अनुसन्धानका लागि सोमबार थप एक जनालाई पक्राउ गरिएको छ । आइतबार सःमिलमा अवैध रुपमा ल्याएको सालका ९ गोलिया भेटिएका थिए । त्यसपछि सञ्चालक बिरेन्द्रबहादुर ऐरलाई पक्राउ गरिएको थियो । 

 

सोमबार ऐरको बयानका आधारमा कालिका सामुदायिक वनका रुख कटान समितिका सदस्य रहेका तिलक सुनारलाई पनि पक्राउ गरिएको छ । सुनारलाई सोमबार उनलाई पक्राउ गरिएको शुक्लाफाँटा सवडिभिजन वन कार्यालयका प्रमुख भोजराज शर्माले बताए । उनका अनुसार वनको नियन्त्रणमा रहेका ऐरले सालका गोलिया तिलकले ल्याएको बयान दिएका थिए । ‘प्रारम्भिक सोधपुछमा सुनारले पनि आफूले कालिका सामुदायिक वनबाट सालको गोलिया ल्याएको र काठ आफ्नो भएको स्वीकार गरेका छन्,’ उनले भने ।

 

वन कार्यालयको नियन्त्रण कक्षमा राखेर उनीमाथि थप अनुसन्धान हुनेछ । सःमिलका सञ्चालक ऐरमाथि अनुसन्धानका लागि जिल्ला अदालतले ७ दिन म्याद थप गरेको छ । ‘तिलकले काठ आफ्नो भएको स्वीकार गरेकाले ऐरलाई तारिख जामानी छोड्ने तयारी भएको छ, उनी प्रेसर (रक्तचाप)का बिरामी पनि रहेछन्, आवश्यक परेको समयमा उपस्थित हुने गरि उनलाई छोड्ने तयारी भएको छ,’ वन अधिकृत शर्माले भने ।

 

कालिका सामुदायिक वनका पदाधिकारीमाथि समेत अनुसन्धान गरिने उनको भनाइँ छ । ‘प्रारम्भिक अनुसन्धानबाट कालिका सामुदायिक वनबाट सालका गोलिया मिलसम्म पुगेको खुलेको छ,’ उनले भने, ‘यस विषयमा वनका पदाधिकारीमाथि पनि अनुसन्धान हुन्छ, सुनारको बयानबाट यो घटनामा को–को संलग्न छन् भन्ने खुल्छ,’ उनले भने । स्थानीयले वनका अध्यक्ष दिपेन्द्र जैरु, रुख कटान समितिका सदस्य सुनार र मिल सञ्चालक ऐरको मिलोमतोमा सामुदायिक वनबाट सालका रुख काटेर मिलमा पुगाएको आरोप लगाएका छन् ।

 

एक उपभोक्ताका अनुसार अध्यक्ष जैरुको नेतत्वमा शनिबार राति १२ बजे सालको रुख कटान गरि मिलसम्म गोलिया पुगाइएको थियो । स्थानीयले वनका अध्यक्षमाथि पनि अनुसन्धान हुनुपर्ने माग राखेका छन् । आइतबार बेताल सःमिलबाट सालका ९ गोलिया (७७.७४ क्यूफिट) बरामद गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>