Samriddhipost
२०८२ बैशाख ०९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख ०९ गते सोमबार

कञ्चनपुरमा पहिलो पटक समलैंगिक विवाह दर्ता

कञ्चनपुरमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ ।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका मा बैशाख ८ गते पहिलो पटक समलैंगिक विवाह दर्ता भएको हो। लामो समयको अन्तरालको ३ वर्षको सम्बन्ध पछि कागजी रुपमा उनिहरुले विवाह दर्ता गराउनु सफल भएका हुन।

समलिङ्गी विवाह दर्ता गर्ने सर्वोच्चको फैसला पछि बिबाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कञ्चनपुर जिल्लामा समलिङ्गी विवाह दर्ता भएको थिएन । पहिलो पटक आफूहरूको विवाह दर्ता भएको बताउँदै नाम नखुलाउने सर्तमा उनिहरुले कञ्चनपुरमा खुसी व्यक्त गरेका छन्।

सामाजिक रुपमा खुलेर विवाह दर्ता गराउनका लागि अझै पनि विभेद खेप्नु परेको हुँदा दुबै जनाको सहमतिमा ३ वर्षको पर्खाइ पछी कागजी रुपमा कानुन बमोजिम सम्बन्ध विस्तार गर्न पाउदा खुसी छौँ । बिबाहित जोडिले भन्नू भयो। ‘ थुप्रै विभेद र समस्या झेल्दै हामी आज यो दिनमा आइपुगेका छौँ’ उनले भनिन् ‘नगरपालिका अन्तर्गतका वडामा हाम्रो विवाह दर्ता भएको छ हामी निकै खुसी छौँ ।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई समाजमा खुल्न समेत गारो भइरहेको बेला समलिङ्गी विवाह दर्ता गर्ने कुरा ठुलो उपलब्धि रहेको कञ्चनपुर जिल्लामा रहेको सहयात्रा नेपालले जानकारी दिएको छ। सम्बन्धित पालिकाको अतुलनीय सहयोगले उक्त बिबाह दर्ता कार्य सम्पन्न भएको हुँदा पालिकाको वडा कार्यालय लाई समेत धन्यवाद व्यक्त गरेको छ।

निल हिरा समाज र सहयात्रा नेपाल कञ्चनपुरको साथ सहयोगमा बिबाह दर्ता गर्न सहज भएको हुँदा सहयोगी संघसंस्था लाई समेत धन्यवाद व्यक्त गर्नु भयो। निल हिरा समाज काठमाडौ र सहयात्रा नेपाल कञ्चनपुरले समेत बिबाहित जोडिलाई समेत बधाई ज्ञापन गरेको छ।

नेपालमा पनि पछिल्लो समयमा समलिङ्गी बिबाह दर्ता हुने कार्यले एक दमै सार्थकता पाएको पछिल्लो तथ्यांकले देखाएको छ। कञ्चनपुर ,कञ्चनपुर र बर्दिया लगायत विभिन्न जिल्लामा समेत बिबाह दर्ताका कार्य भैसकेको छन ।

सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>