भीमदत्तनगर कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्षको निधन भएको छ। बुधबार दिउँसो बेदकोट ताल क्षेत्रमा बेहोस भेटिएका वडाध्यक्ष विष्टको उपचारका क्रममा निधन भएको जनाईएको छ। बेहोस भेटिएका वडाध्यक्ष विष्टको बुधबारै साँझ महाकाली अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । वडाध्यक्ष विष्टको उपचारमा महाकाली अस्पतालका निमित्त मेसु डा अर्जुन कुमार विष्ट नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीले केही घण्टा प्रयास गर्दा गर्दै प्राण त्यागेका थिए । वडाध्यक्ष विष्टको मृत्यु बारे प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले वडाध्यक्षको निधनको कारण बारे अनुसन्धान अघि बढाईने बताए । बिहीबार मात्रै शव परीक्षण गरिने अस्पतालले जनाएको छ। निधनको एक दिन अघि मात्रै वडाध्यक्ष विष्टले आफ्नो समाजिक सञ्जालमा हासो भित्रको पिडा भन्दै फेसबुक स्टाटस राखेका
थिए। बिहान वडामा समाजिक सुरक्षा भत्ता वितरण गरेपछि उनी कामका लागि भन्दै मोटरसाईकलमा हिडेका थिए। उनले कावा अध्यक्ष सदस्य पार्वती विष्टलाई दिएर सदाधका लागि विदा भएका छन । नेपाली सेनाबाट सेवानिवृत भएका विष्ट ०७४मा वडा सदस्य र ०७९मा वडाध्यक्ष भएका थिए
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया