Samriddhipost
२०८२ बैशाख १३ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १३ गते शुक्रबार

महाकाली नदीमा नदीजन्य पदार्थ उपयोग गर्न निकुञ्ज कार्यालयलाई ज्ञापन पत्र

महाकाली नदीको नदीजन्य पदार्थलाई उपयोग गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरलाई स्थानियबासीहरुले ज्ञापन पत्र बुझाएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरको मध्यवर्ती क्षेत्र अन्तर्गत रहेका उपभोक्ताहरुको घर, टहरा तथा सामुदायिक बिकास निमार्णका लागी महाकालीमा रहेको ढुङ्गा, बालुवा, गिट्टी लगाएत नदी जन्य पदार्थ उपयोग तथा प्रयोगको माँग राख्दै दोधारा चाँदनी नगरपालिकामा रहेका सगरमाथा मध्यवर्ती उपभोक्ता समिति र हिमालय मध्यवर्ती उपभोक्ता समिति लगाएत स्थानियबासीहरुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरमा पुगेर ज्ञापन पत्र बुझाएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । महाकाली नदीजन्य पदार्थ उपयोग उत्खनन सहित संरक्षण गर्ने कार्य उपभोक्ता समितिको पहल र सिफारिसमा निकुञ्ज कार्यालयको अनुमती लिएर नदीजन्य पदार्थलाई उपयोग कार्य बिगत २ वर्ष देखि बन्द रहेको हुदा पुन : सञ्चालनका लागी निकुञ्ज कार्यालयमा ज्ञापन पत्र बुझाईएको अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । सो क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरु नदीजन्य पदार्थ उपयोग गर्ने अधिकारबाट बन्चित हुनुको साथै वर्षेनी नदीको बहावका साथै बगेर आउने नदीजन्य पदार्थको कारण नदीको सतह अग्लो हुदै वर्षातमा नदीको पानी बस्ती तर्फ पसेर कटान र डुवान संगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको बासस्थान समेत प्रभावित बन्दै आएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभयो । सुदुरपश्चिम सरकारका निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनारले महाकाली नदीजन्य पदार्थ आर्थिक वस्तु भएकोले नेपाल सरकारको राजस्व खेर जानुको साथै नदी जन्य पदार्थको कारण नदीको सतह अग्लो भएको कारण दोधारा चाँदनी नगरपालिकाका तटिय बस्तीहरु संगै निकुञ्ज क्षेत्रमा कटानी तथा डुवान हुदै आएको बताउनुभएको छ् । ढुङ्गा, गट्टी, बालुवा लगाएत अन्य प्राकृतिक स्रोत विकास निर्माणको लागि अति आवश्यक बस्तु भएको हुदा वातावरणीय अध्ययन गरि दिगो उपयोग गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । दोधारा चाँदनीको तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानियबासीहरुको माँग अनुसार आफुहरु निकुञ्ज कार्यालयमा पुगेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका संरक्षण अधिकृत संग भेट गरि समस्या समाधान गर्न छलफल गरिएको सुदुरपश्चिम सरकारका निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनारले बताउनुभएको छ् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका बरिष्ठ संरक्षण अधिकृत चन्द्र शेखर चौधरीका अनुसार अदालतको मुद्धा तथा केही कानुनी जटिलताको कारण उक्त क्षेत्रमा प्रकृतिक स्रोत साधनमा उपयोगमा समस्या देखिएको बताउनुभएको छ् । उक्त समस्या समधानको लागी आफुहरुले पहल जारी राखेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका बरिष्ठ संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बताउनुभयो । खेर गईरहेको नदीजन्य पदार्थ र नदीजन्य पदार्थको कारण नदीको सतह अग्लो भई दोधारा चाँदनी नगरपालिका र निकुञ्ज क्षेत्रमा परेको प्रभावको बिषयमा मन्त्रालयमा आफुहरुले बारम्बार लिखित तथा मौखिक ताकेता गर्दै आएको उहाँले बताउनुभएको छ् । सो क्षेत्रमा नदी जन्य पदार्थको कारण नदीको सतह अग्लो हुदै गर्दा साविकको दोधारा चाँदनी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र प्रभावित बन्दै आएको स्थानियबासीहरुले बताउदै आएका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>