Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १४ गते आइतबार

दोधारा चाँदनी प्रहरीको अन्तिम आधारभुत  दिक्षान्त समारोह सम्पन्न

दोधारा चाँदनी नगरपालिकाका नगर प्रहरीहरुको आधारभूत तालिम सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरमा सम्पन्न भएको छ । शनिबार तालिम समापन पछि दिक्षान्त समारोहको आयोजना गरिएको थियो । दोधरा चाँदनी नगरपालिकाका नगर प्रहरीहरुको दिक्षान्त समारोहमा नगर प्रमुख किशोर कुमार लिम्बु प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगर प्रमुख लिम्बुले स्थानीय तह सञ्चालन ऐन २०७४ मा नगर प्रहरीको व्यवस्था गरिएको उल्लेख गर्दै नगर प्रहरीले शान्ति, सुरक्षा र स्थानीय तहको सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले तालिम प्राप्त नगर प्रहरीहरुले आफ्नो कर्तव्य र जिम्मेवारी प्रति गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले तालिमको सफल समापनमा खुशी व्यक्त गर्दै नगरपालिका र नगर प्रहरी संगको सहकार्यले सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा अन्य आपतकालीन अवस्थामा कार्य गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । ३० दिनको अवधिमा सम्पन्न तालिममा नगर प्रहरीलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । तालिममा नगर प्रहरीहरूले सलामी कवाज, खाली हात ड्रिल लगाएतका सीपहरु प्रदर्शन गरेका थिए । तालिम समापन समारोहमा नगर प्रमुख किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा देवी जोशी, सशस्त्र प्रहरीका अधिकारीहरु, सञ्चारकर्मी, निड्स नेपाल र एनएनएसडब्ल्युएका प्रतिनिधिहरु, नगर प्रहरी प्रशिक्षक तथा  प्रशिक्षार्थीहरु, अभिभावक र अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी गणको संक्षिप्त परिचय प्रस्तुत गर्दै गणका प्रतिनिधिहरुले शान्ति सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका तथा गणको संरचना र कार्य क्षेत्रबारे जानकारी गराएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे.क्वा. शैलेश्वरी कञ्चनपुरले १ सय २९ दशमलव ५ किलोमिटर लामो नेपाल–भारत सीमाको सुरक्षा गर्नुका साथै विपद् उद्धार, राजमार्ग सुरक्षा तथा अन्य आपतकालीन अवस्थामा सक्रियतापूर्वक सेवा प्रदान गर्दै आएको बताएका छन् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>