Samriddhipost
२०८२ जेठ १५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १७ गते बुधबार

निष्कर्षविहिन शिक्षकहरुसँगको वार्तामा अर्थमन्त्री र गृहमन्त्री समेत सहभागी भएकाले वातावरण प्रगतिउन्मुख भएको बताइएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको वार्तामा शिक्षकहरु पनि सकारात्मक रुपमा प्रस्तुत भएको जिकिर गर्दै सरकारी पक्षले वातावरण प्रगतिउन्मुख भएको बताएको हो ।  
जुन वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी भएको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पन्तले शिक्षक महासङ्घसँग निरन्तर रहेको वार्ता सकारात्मक दिशामा अघि बढेको समेत बताए । शिक्षकका माग सेवा सुविधा तथा आर्थिक पक्षसँग समेत सम्बन्धित रहेकाले उपप्रधान तथा अर्थमन्त्री पौडेल समेत सहभागी भएको बताइएको छ ।  
शिक्षकहरुसँगको वार्ता सक्दो चाँडो टुङ्गोमा पुर्‍याउने वार्तापछि मन्त्री पन्तले  सञ्चारकर्मीलाई थाहा दिए । वार्तामा महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा आन्दोलनको नेतृत्व गरिरहेका शिक्षकको टोली सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार दुई पल्ट वार्ता भएको थियो । 
महासंघको अगुवाईमा विभिन्न शिक्षक सङ्घ सङ्गठनले यसअघिका सम्झौता कार्यान्वयन गर्न तथा संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न भन्दै चैत २० गतेदेखि निरन्तर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठन–पाठन तथा भर्ना अभियान प्रभावित भएको छ भने पूर्वनिर्धारित कक्षा १२ को परीक्षा समेत सरेको अवस्था छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>