जनता समाजवादी पार्टीकी नेत्री बबीसिंह यादवले वैवाहिक कार्यक्रममा पड्काएको पेस्तोल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको र सक्कली हो कि होइन जाँचका लागि विज्ञान प्रयोगशाला पठाउने भएको सर्लाही प्रहरीले जनाएको छ।
सप्तरीका प्रहरी उपरक्षक ढकेन्द्र खतिवडाका अनुसार प्रहरी कार्यालयमा सोधपुछको क्रममा जनता समाजवादी पार्टी जसपा नेपालकी केन्द्रीय नेत्री बबि यादवले सर्लाहीमा आफ्नी मामाकी छोरीको बिहेमा खेलौनावाला तर बारुद हालेर पड्काउने बन्दुक पड्काएको भनेकी थिइन्। त्यसपछि सर्लाही प्रहरीले यादवको मामा घर गएर बन्दुक नियन्त्रणमा लिएको खतिवडाले बताए सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले बीबीसीलाई भिडियोमा देखिएको भनिएको पेस्तोल केहीबेरअघि सर्लाहीबाट खानतलासीको क्रममा बरामद गरेर मुचुल्का उठाउने काम भएको बताए। उनले भने यही वैशाख ११ बबी यादवको मामाघरको बिहे सन्दर्भमा हल्दी मेहन्दीको कार्यक्रममा उक्त पिस्तल पड्काएको भन्ने विवरण आएको छ। पेस्तोल हेर्दा सक्कली जस्तो नदेखिए पनि थप जाँचका लागि विज्ञान प्रयोगशालामा आज पठाउनेछौं ।
नेपालमा पटाका पट्काउन बन्दे रहेको उनले बताए राई भन्छन् सामान्य बारुद हालेर पड्काउने खालको हो कि के कस्तो पिस्तल हो भन्ने बारेमा प्रयोगशालाबाट रिपोर्ट आइसकेपछि मात्रै थप प्रक्रिया अगाडि बढाउनेछौं जनता समाजवादी पार्टी नेपालकी नेत्री बबि यादवले एउटा वैवाहिक नाच्दै पेस्तोल पड्काएको दाबी गरिएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ आकाशतर्फ फर्काएर राख्न पाउँछन् र त्यसको प्रयोगबारे के व्यवस्था छ भन्ने बहस चलिरहेको छ ।
सप्तरीको बौद्धे वर्षाइन नगरपालिका पाँचकी यादव जसपा नेपालकी केन्द्रीय सदस्य हुन् भने उनका बुवा पार्टीका उपाध्यक्ष रहेका छन्। र बुवा मर्गेन्द्र सिंह यादव अहिले राष्ट्रिय सभा सदस्य हुन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया