Samriddhipost
२०८२ बैशाख २१ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २० गते शुक्रबार

पटरा खल्ला बस्तीमा पक्की तटबन्ध निमार्ण अन्तिम चरणमा, निमार्ण कार्यको अनुगमन
फाइल तस्बिर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको पटरा खल्ला बस्तीमा पक्की तटबन्ध निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ् । वर्षायाममा जगबुडा नदीबाट बस्ती जोगाउन महाकाली सिचाई तेस्रो चरणको आयोजनाले सुरु गरेको झण्डै ६ सय मिटर पक्की तटबन्ध निमार्ण कार्य अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । 
दोधारा चाँदनी नगरपालिका– ३, पटराखल्ला बस्तीमा पक्की तटबन्ध निमार्ण कार्य सुरु भए संगै बाढीको बेला स्थानियबासीहरुले झेल्दै आएको समस्या समाधान हुने नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । डाईनामाइक निमार्ण सेवा प्रालिले निमार्ण कार्य अन्तिम चरणमा पुर्‍याएको उहाँले बताउनुभयो । वर्षायाममा नजिकै रहेको जगबुडा नदीको भंगालो बस्तीमा पसेर स्थानियबासीहरुलाई ज्यान जोगाउन समस्या पर्दै आएको अवस्थामा बस्ती नजिक जगबुडा नदीको पानीलाई छेक्ने गरि तटबन्ध निमार्ण भएसंगै स्थानियबासीहरुमा खुशीयाली छाएको नगरप्रमुख लिम्बुको भनाई छ् । 
विहिवार अबेर साँझ दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगरप्रबक्ता हरिसिंह धनाडी सम्मलित एक टोलीले निमार्ण कार्य अन्तिम चरणमा रहेको पटरा खल्ला बस्ती पक्की तटबन्धको अनुगमन गर्नुभएको छ् । पटरा खल्ला बस्तीमा ३५ घरधुरी रहेको र बाढी आएको बेला बस्तीलाईनै क्षतबिक्षत हुने गरि बाढीले ताण्डव मच्चाउदै आएको अवस्थामा पक्की तटबन्ध निमार्ण बरदान साबित भएको स्थानियबासी सपना सुनारले बताउनुभयो । दोधारा चाँदनी नगरपालिको भारत संग जोडिएको सिमा बस्ती पटरा खल्ला बस्ती जोगाउन निमार्ण गरिएको पक्की तटबन्ध निमार्ण कार्यले बस्तीबासीलाई निकै ठुलो राहत भएको उहाँले बताउनुभएको छ् । 
बस्तीलाई जोगाउन सहयोग गर्ने संघिय सरकार र पहल गर्ने स्थानिय सरकारलाई सपनाले धन्यबाद दिनुभएको छ् । महाकाली सिचाई तेस्रो चरणको आयोजनाले निमार्ण सञ्चालन गरेको पक्की तटबन्धले पटरा खल्ला बस्तीको लागी कोसेढुङ्गा साबित स्थानियबासीको भनाई छ् । वर्षायाममा जगबुडा नदीको आएको भंगालो बस्तीमा पसेर बस्तीनै तहसनहस गर्ने समस्या हट्ने भएपछि बस्ती भरीमा खुशीयाली छाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>