Samriddhipost
२०८२ बैशाख २१ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २० गते शुक्रबार

सामाजिक विकास कार्यालय द्धारा विपन्न तथा अल्पसंख्यक लाई खाद्यान्न सहयोग

कञ्चनपुर जिल्लामा विपन्न तथा अल्पसंख्यक समुदाय लाई खाद्यान्न सहयोग गरेको छ।


शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सामाजिक विकास कार्यालय कञ्चनपुरले जिल्लामा रहेका एचआईभीएड्स संक्रमित तथा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई खाद्यान्न सहयोग गरेको हो।


सामाजिक बिकास कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख गोपाल दत्त जोशीको अध्यक्षतामा र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यतामा खाद्यान्न वितरण गरिएको थियो।


गैरसरकारी संघसंस्था सहयात्रा नेपाल, नवाअशा र एनएनएसड्ब्लु कञ्चनपुरको समन्वयमा सामाजिक बिकास कार्यालय कञ्चनपुरले जिल्ला समन्वय समितिको सभाहलमा एचआईभी संक्रमित ३० जना र १५ जना यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरु लाई चामल,दाल र तेल लगायतको खाद्यान्न सामग्री वितरण गरिएको सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख जोशीले बताउनु भयो।

उनले भने, ‘विपन्न वर्गमा पर्ने एचआईभी संक्रमित र यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई के गर्न सकिन्छ भनी विभिन्न गैरसरकारी संघसंस्थाहरु संग छलफल गरि उनै संघसंस्थाले उपलब्ध गराएको नामावलीको आधारमा राहत स्वरुप खाद्यान्न सहयोग गरिएको हो।’ आगामी दिनमा कार्यालयको तर्फबाट हुन सक्ने सहयोग रहने समेत प्रतिबद्धता जाहेर गर्नु भयो।

सामाजिक कार्यमा निरन्तर रुपमा गैरसरकारी संघसंस्थाको निकै उल्लेखनीय भुमिका रहेको छ, जुन विभिन्न क्षेत्रमा ठूलो योगदान पुगाउनु हुने सम्पुर्ण संघसंस्था र समाजिक बिकास कार्यालय कञ्चनपुर लाई यो समाजिक कार्य अन्तर्गत उत्तरदायित्व निर्वाह गरेको मा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले धन्यवाद समेत दिनु भयो। उनले भने, ‘ सामाजिक उत्तरदायित्वमा सबैको समन्वय कारी भुमिका भए झनै राम्रो हुने हुँदा आगामी दिनमा थप उत्साहका साथ कार्यको थालनी संगै अगाडि बढ्न समेत सरकारी तथा गैरसरकारी संघसंस्था लाई आग्रह गरेका छन्।

निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संघसंस्थाले साथ सहयोग रहदै आएको र आफुहरुलाई सानो भएपनी खाद्यान्न दाल चामल र तेल लगायत यातायात खर्च पाएको हुँदा निकै उत्साहितका साथ खुसी भएका छौँ, सहभागी व्यक्तिहरुले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>