Samriddhipost
२०८२ बैशाख २१ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २० गते शुक्रबार

भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा प्रकोप विशेष नक्सा स्थापना

कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यले ‘प्रकोप विशेष नक्सा’ स्थापना गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डिसीए, नक्सा प्रालि, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर), एडीपीसी, जीएसएमए र यूके एडको सहकार्यमा स्थानीय पालिकासागको समन्वयमा नक्साहरु विकास र स्थापना गरिएको हो । दोधारा चाँदनी नगरपालिकाको कार्यालय तथा त्यस अन्तर्गतका सबै १० वटा वडा कार्यालयहरुमा प्रकोप विशेष नक्सा जडान गरिएको छ् भने, भीमदत्त नगरपालिका कार्यालय र जोखिमयुक्त वडा नं. ९, १०, ११, १२ र १३ मा नक्साहरु स्थापना गरिएको हो । परियोजना अन्तर्गत दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका गरि उच्च जोखिममा रहेका चार वटा समुदायहरुको जोखिम नक्सांकन (म्याप बोर्ड) स्थापना गरिएको छ् । साथै विपद्का बेला उद्धार कार्य, राहत कार्य तथा अन्य सहायता कार्यक्रममा सहजताका लागि जोखिमयुक्त घरधुरीको छानामा  सांकेतिक झण्डा तथा सम्पूर्ण विवरण सहितको सूचना पाटी राखिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा घरधुरी स्तरीय विपद् जोखिम तथा संकटासन्नता विश्लेषण, खुला स्थानहरुको भौगोलिक सूचना प्रणाली (जीआईएस) प्रविधिबाट नक्सांकन गरि डिजिटल प्रोफाईल तयार गरिएको बताउनुभयो । उहाँले नक्साहरुमा बाढी, डुबान, भूकम्प, आगलागी जस्ता प्रमुख प्रकोपहरु, सम्भावित प्रभावित क्षेत्रहरु, सुरक्षित स्थानहरु, उद्धार तथा राहत केन्द्रहरु, साथै जनसांख्यिकीय, सामाजिक र भौगोलिक विवरणहरु समेटिएको जानकारी दिनुभयो । उहाँले यो प्रयासले समुदायमा जोखिम सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । भीमदत्त नगरपालिकाका उपमेयर नीलम लेखक जोशीले नक्सामा समावेश गरिएको सूचनाले प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीति निर्माण देखि कार्यान्वयन सम्म प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सुरक्षित तथा खुला स्थानहरु, उद्धार तथा राहतका लागि उपयुक्त स्थानहरु, र वडास्तरीय विवरणहरु समेटिएकाले नक्साको प्रयोग धेरै उपयोगी हुने धारणा राख्नुभयो । दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिकले यस्ता नक्साहरुले समुदाय स्तरमा जोखिम न्यूनीकरण र व्यवस्थापनमा सघाउ पुर्‍याउनुका साथै वडा तथा पालिका स्तरमा विपद् व्यवस्थापनको क्षेत्रमा प्रभावकारी योजना निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता प्रकोप विशेष नक्साहरुको स्थापनाले विपद् संग जुध्न समुदायलाई केवल जानकारी मात्र नभई, आवश्यक तयारी र क्रियाशील योजना निर्माणको ठोस आधार समेत प्रदान गरेको छ् । स्थानीय सरकार, प्राविधिक संस्था र समुदाय बीचको सहकार्यबाट अघि बढाईएको यस पहलले दीर्घकालीन रुपमा जोखिम न्यूनीकरण, सुरक्षित बासोबास र दिगो विकास तर्फको यात्रामा उदाहरणीय योगदान पुर्यानउने अपेक्षा गरिएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>