कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा आइतबार बिहान चट्याङ लागेर एक गर्भवती महिलाको ज्यान गएको छ भने उनका श्रीमान घाइते भएका छन् ।मृत्यु हुनेमा २४ वर्षीया लालमती राना रहेको वडा अध्यक्ष नवलसिंह रानाले जानकारी दिए ।
उनका अनुसार बिहान करिब ७ बजेतिर लालमती र उनका श्रीमान् २५ वर्षीय रतनसिंह राना बारीमा तरबुज टिप्ने क्रममा चट्याङ परेको थियो ।
चट्याङ लागेर लालमतीको घटनास्थलमै मृत्यु भएको हो भने घाइते रतनसिंहलाई उपचारका लागि धनगढी पठाइएको छ ।
“श्रीमान्–श्रीमती दुवैजना खेतमा काम गर्दै थिए, सोही क्रममा हावाहुरीसहितको वर्षा र चट्याङ परेको थियो,” वडा अध्यक्ष रानाले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया