२०७९ साल वैशाखमा भएको निर्वाचन ताकाको घटना क्रमश अगाडि बढ्दै घटना नयाँ नयाँ रूप लिँदै आएको छ। यसै क्रममा समन्वय समिति उपप्रमुख भएकी दानमती शाही समेतका तीन महिला पक्राउ परेका हुन्।
नेपाली कांग्रेसबाट निर्वाचित भएकी जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही अन्य तीन महिलासहित पक्राउ परेका छन् ।
उनीहरु अपमानजनक व्यवहार गरेको आरोपमा मुद्दा दायर भएपछि उनीहर पक्राउ परेका हुन् ।
गत स्थानीय निर्वाचनका बेला २०७९ वैशाख ३० गते पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपले उग्ररुप लिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि झडप भएको थियो । सोही क्रममा पञ्चदेवल विनायक —४ का १३ वर्षीय विनोद शाही बेपत्ता भएका थिए ।
घटनाको २२ दिनपछि ०७९ जेठ २१ मा घर स्थानीय जंगलमा शाही मृत भेटिएका थिए । कांग्रेस कार्यकर्ताले शाहीको हत्या गरेको एमाले कार्यकर्ताको आरोप छ । शाही मृत्यु प्रकरणको मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ ।
सो घटनामा पञ्चदेवल विनायक—४ बाट निर्वाचित जिल्ला समन्वय समिति उपप्रमुख शाही पनि मुछिएकी थिइन् । उनी पुर्पक्षका लागि थुनामा बसेर धरौटीमा रिहा भएकी हुन् ।
गत फागुन १८ गते सोही मुद्दाको बयान दिन शाहीसहित द्रोपति शाही र शान्ति शाही अदालतमा उपस्थित थिए । त्यहाँ अर्को पक्ष पनि उपस्थित थियो । दुवै पक्षबीच सो दिन पनि अदालत परिसरमैं हानाहान भएको थियो ।
हानाहानमा उपप्रमुख शाही पक्षकी द्रोपति शाहीको चार वटा टाँका लागेका थिए । अर्को साक्षी दिनेश नेपालीमाथि गालीगलौज गरेपछि उनीहरुले अर्को पक्षका विरुद्धमा जातीय छुवाछूत गरेको मुद्दा समेत दर्ता गरेका थिए ।
घटनापछि बखत शाही, गणेश शाही, रमेश शाही, देवेन्द्र शाही र ललितबहादुर शाहीको नाममा अमानवीय तथा अपमानजनक व्यवहारमा मुदा दायर भएपछि उनीहरु हिरासतमा बसेर जनही १ लाख २५ हजार धरौटीमा छुटेका थिए ।
उक्त घटनामा उपप्रमुख शाहीविरुद्ध पनि उजुरी परेको थियो । सोही उजुरीका आधारमा बैशाख १७ गते प्रहरीले उनीसहितका महिलालाई पक्राउ गरेको हो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया