कैलालीबाट प्रहरीले स्रोत नखुलेको अवैध नेपाली ८ लाख ९६ हजार ६६० र भारतीय मुद्रा ५ लाख ३१ हजार ४ सय सहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार भजनी नगरपालिका – ५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृथ्वीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरी तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्गलेको साथबाट नेपाली रुपैयाँ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गर्गले चलाइरहेको युपी ३२ एचएच ६७५३ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा उनले सुर्के थैलीमा कम्मरमा बाँधेर राखेको स्रोत नखुलेको ८ लाख ९६ हजार ६६० नेपाली रुपैयाँ बरामद गरिएको हो ।
प्रहरीले गर्गलाई उक्त रुपैयाँ, मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सत्ती पठाइएको जनाएको छ ।यस्तै टीकापुर नगरपालिका – १ का १९ वर्षीय अर्मन चौधरीलाई स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ लुकाएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चौधरीलाई उनले सञ्चालन गरेको अर्मन धागा एन्ड टेलरिङ सप्लायर्स पसलबाट भारतीय मुद्रा ५ लाख ३१ हजार ४ सय सहित पक्राउ गरिएको हो ।
उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया