Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २४ गते बुधबार

भारतले गर्यो पाकिस्तानमा आक्रमण तिनको मृत्यु १२ घाइते

भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको पञ्जाव राज्यमा आपत‍्काल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन् ।
भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको जवाफमा पाकिस्तानका विभिन्न नौ स्थानमा सैन्य आक्रमण गरेको सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतले यो आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ । 
भारतको यो आक्रमणपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो एक्स ह्यान्डलमा ‘भारत माता की जय’ लेखेका छन् । 
उता, पाकिस्तानी प्रधानमन्त्री भारतले गरेको युद्धको जवाफ दिने अधिकार पाकिस्तानलाई रहेको बताएका छन् ।
भारतका केही मिडियाले पाकिस्तानले पनि जवाफी आक्रमण भएको जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्था डानले लेखेको छ, “भारतले लगाएको यो युद्धको उचित जवाफ दिन पाकिस्तानलाई पूर्ण अधिकार छ र उचित जवाफ दिइँदैछ । सम्पूर्ण राष्ट्र पाकिस्तानी सशस्त्र सेनाको साथमा छ र सम्पूर्ण पाकिस्तानी राष्ट्रको मनोबल र भावना उच्च छ ।” 
भारतको यो आक्रमणबाट तीन जनाको निधन र १२ जना घाइते भएको डानले जनाएको छ । यस्तै, डानका अनुसार भारतले पाकिस्तानको कोल्टी, बहवालपुर, मुरिदके, बाघ र मुजफरबादमा आक्रमण भएको जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>