स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्यका लागि बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन् । बैतडीको सुर्नया गाउँपालिका–५ घर मड घर भएका मडैले यहीँ वैशाख २७ गते हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्यको उम्मेदवारी दिएका हुन् ।
काठमाडौंमा रहेको डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत रहेका मडैले संस्थाको क्रियासिलताका आफुले उम्मेदवारी दिएको बताए । स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरुको हकहितका लागि आवाज उठाउन र व्यवसायिक क्षमता बढाउन आफ्नो उम्मेदवारी रहेको मडैको भनाई छ ।
सदस्यहरुको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उनले नीति निर्माण तहमा भोगिरहेका समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । यस्तै नेपालबाट मात्रै नभएर विदेशबाट पनि नेपाल विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण सिर्जनका गर्न संघमार्फत काम गर्ने उनले बताएका छन् ।
अहिले आफू संघको सदस्य रहेको र यो निर्वाचनमा कार्यकारी सदस्यको उम्मेदवार रहेकाले सबै सदस्यहरुलाई सहयोगका लागि उनले अनुरोध समेत गरेका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया