Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २५ गते बिहिबार

बालकमा कक्षा कोठाले नपत्याएकी नागरिकले पत्याएकी चौधरी स्कुल भर्ना

छैठौँ दशकमा उमेर लागेकी डल्लीदेवी चौधरी दोस्रोपटक वडामा निर्वाचित सदस्य हुन् । कञ्चनपुरको लालझाली गाउँपालिका वडा ४ स्थित घर रहेकी चौधरी दुईपटक नागरिकले पत्याएकी जनप्रतिनिधि हुन्।  उनी निरक्षर निरीक्षण छिन् उनले अब यो निरक्षरबाट मुक्ति पाउने आट गरेकी छन्। उनले यो आँटसँगै गाउँकै एक विद्यालयको कक्षा १ मा भर्ना गरेकी छन्।
उनी गाउँकै स्वतन्त्र माविमा भर्ना भएकी हुन्। माओवादीबाट ०७४ र ०७९ मा दुईपटक वडा सदस्यमा निर्वाचित डल्लीदेवी यसै शैक्षिक सत्रदेखि कक्षा १ मा भर्ना भएकी हुन्। डल्लीदेवी ५२ वर्षकी भइसकेकी छिन्। 
पर्सिया गाँउकी स्थानीय डल्लीदेवीका श्रीमान् पल्टु चौधरी पनि पढेलेखेका छैनन, तैपनि उनी वैदेशिक रोजगारीमा छन्। छोरा वसन्त चौधरी कक्षा ११ सम्म अध्ययन गरेर रोजगारीका लागि भारत गएका छन्। छोरी सीता चौधरीलाई कक्षा १० सम्म पढाएर विवाह गरिदिएका थिए। डल्लीदेवी चौधरीका बाबु मालिकको हलिया थिए। आर्थिक अवस्था अत्यन्तै नाजुक भएपछि बाल्यकालमा अध्ययन गर्न नपाएकी डल्लीदेवीको किशोरी उमेरमै विवाह भएको थियो। 
उनी ०५२ सालमा विवाह बन्धनमा बाँधिएकी थिइन्। विवाहपछि घरगृहस्थीमा व्यस्त भएकाले पढ्ने रहर भए पनि पूरा नभएको बताइन्। ‘बालकै हुँदा बुबा मालिकको घरमा हलिया थिए, आर्थिक  अवस्था पनि कमजोर थियो। दैनिक हातमुख जोर्न समस्या थियो,’ उनले भनिन्, ‘मैले माइती घरमा पढ्नै पाइन, त्यसपछि विवाह नै भइहाल्यो, माओवादी शान्ति प्रक्रियामा आएपछि ०७४ को पहिलो निर्वाचनमा वडासदस्य जितेँ, कति पनि नपढेको हुनाले दोस्रोपटक पनि मैले वडासदस्य नै रोज्नुपर्ने बाध्यता आयो। जनप्रतिनिधि भएपछि पढाइको महत्व पनि थाहा भयो। अब नियमित विद्यालय जान्छु।’  

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>