खडक बहादुर काेली/ कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको बीचमा रहेकाे महाकाली नदीमाथि निर्मित झोलुङ्गे पुलकाे मर्मत कार्य सुरु गरिएकाे छ। बिहीबार २५ गतेदेखि मर्मत कार्य सुरु गरिएको र काम बैशाख ३१ गतेसम्म चल्ने छ बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म पुल बन्द रहने भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले जानकारी दिएका छन्। भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०८१ / २०८२ को विनियोजित बजेट बमोजिम मर्मत कार्य सुरु गरिएको बमले बताए। झोलुङ्गे पुल मर्मत समितिका अध्यक्ष वीरेन्द्र बहादुर सिंहले आई बोल्ट ,एङ्गलका नट बोर्डहरू , डेग प्लट आई बोल्टहरू, खुकुला भएकाले नटबोर्डहरू कसिने र नभएका ठाउँमा नयाँ हालेर मर्मत गरिने सिंहले बताए। हाइबोर्डले पुलको जगको काम गर्ने र बोर्ड खुकुला र भाँचिएपछि फुल टेडो हुने गर्दछ। यस पुलको लम्बाइ १४५२.५ मिटर छ भने चौडाई १.६ मिटर रहेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया