Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २८ गते आइतबार

कैलालीमा अस्वस्थ्य युवती करणीकाे आराेपमा २ जना पक्राउ

कैलालीमा युवती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्। चुरे गाउँपालिका– की २५ वर्षीया एक युवति जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मानसिक अवस्था अस्वस्थ भएकी किशोरीमाथि दुई जनाले करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार पीडित किशोरी गर्भवती रहेको पाइएको छ। स्वास्थ्य परीक्षणका क्रममा करिब २४ हप्ताको गर्भ रहेको पुष्टि भएपछि घटना बाहिर आएको हो।
डीएसपी चन्दले भने, “किशोरीले किटानी गरी दिएको विवरणका आधारमा दुई जनालाई पक्राउ गरिएको हो। अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको र दोषी को हुन् भन्ने विषयमा थप प्रमाण संकलन भइरहेको समेत बताए।” किशोरीको मानसिक अवस्था अस्वस्थ भए पनि उनी शान्त अवस्थामा मात्र केही कुरा गर्ने तर एकाँही रिस, झोकको प्रतिक्रिया देखाउने भएकाले बयान संकलनमा केही समय समस्या हुने डीएसपी चन्दले बताए।

पीडितको सुरक्षाका लागि र अनुसन्धान प्रभावित नहोस् भनेर आरोपितहरूका नाम हाल सार्वजनिक नगरिएको बताइएको छ। तथापि, उनीहरूको परिचय केही दिनभित्र सार्वजनिक गरिने डीएसपी चन्दले बताएका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>