डडेलधुरा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य, पूर्व प्रधानमन्त्री तथा संसदमा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र उहाँका श्रीमती परराष्ट्र मन्त्री आर्जु राणा देउवा ले सुदूरपश्चिमलाई धोका दिएको सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट सरले आरोप लगाउनुभएको छ ।
भाँटले सामाजिक सञ्जाल फेसबुक एकाउन्टमा सुदूरपश्चिमले देउवालाई ५-५ पटक प्रधानमन्त्री बनायो छैठौँ पटकको पर्खाइमा छन् तर अन्तत देउवा दम्पतिले सुदूरपश्चिमलाई नै धोका दिँदैछन् । गवर्नरमा यति सारो झेल र खेलोमेलो द्रव्यकै लागि त हो? भाउजुले आफ्नो निजी मेडिकल कलेज कैलालीको श्रीलङ्कामा सञ्चालन गर्ने तयारी गरेकै कारण दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक रोकिएको हो भन्नेमा कसैलाई भ्रम छ र? गेटामा धोका अहिले गवर्नरमा धोका दिएर ०८४ को चुनावमा खोका बाँड्ने तो होलान् हैन र ?
यो स्टाटससँगै आम जनमानसमा विभिन्न विचारहरू उत्पन्न भएका छन्। लामो समयबाट सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाको पढाइ नहुनु, ठूलो लगानी र ठूलो संरचनासाथ गेटामा भवनहरू तयार हुनु तर त्यो पूर्णरुपमा सञ्चालन लाउनु त परै जाओस्। राम्रोसँग ओपिडी पनि सञ्चालन हुन सकेको छैन। संसदमा यसका लागि दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषय उठेको र विधेयकका रुपमा आएर पास हुनुपर्ने थियो तर यो पनि आउन सकेन आखिर किन रोकियो ? के माननीयले भनेजस्तै अहिलेका परराष्ट्र मन्त्री आर्जु राणा देउवाले आफ्नो लगानीको चिकित्सा कलेज खोल्नेकै लागि रोकेका हुन् यस्ता प्रश्न खडा भएका छन् यी प्रश्नको जवाफ आम नागरिक सुदूरपश्चिम बासीलाई आवश्यक छ।
यो बाहेक दोस्रो विषय गभर्नर नियुक्तिको पदावधि सकिनु पूर्व एक महिना पहिला नै गवर्नर नियुक्त गर्ने व्यवस्था भएपनि सत्तासीन दल या सरकारले गवर्नर नियुक्त गर्न सकेनन्। गवर्नर नियुक्तिका लागि बजारमा विभिन्न कुराहरू चलिरहेका छन् एकजना डेपुटी गभर्नर रहेकी छन् भने तलका निर्देशकले राजीनामा दिएका छन् तर उहाँको राजीनामा स्वीकृत भएको छैन। गवर्नर नियुक्तिका लागि परामर्श दिने समितिका एकजना सदस्यले राजीनामा दिएका छन्। यो सबै आम जनतासम्म पुगिसक्दा सरकारले विधि व्यवस्थाले गवर्नर नियुक्त गर्न सकेन सरकारमा सहभागी ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको सरकार नै के हुन्छ भन्नेसम्मका विषय उठे जस्ता विषयहरुबाट सरकार विधि व्यवस्थाले नचलेर सबै संस्थाहरूलाई आफू अनुकूल बनाएर लैजान थालेको हो कि भन्ने आभास भएको छ।
यसरी माननीयले उठाएका दुईटा विषयमा अनेक प्रश्न हरु आम जनमानसमा उब्जिरहँदा यसको जवाफ सरकारले दिनु आवश्यक छ । यता देउबा दम्पतिले समेत धोका दिएको हो वा मेल खाएको हो। के भएको हो स्पष्ट पार्नु जरुरी छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया