Samriddhipost
२०८२ बैशाख ३० गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८२ बैशाख २९ गते आइतबार

नेपाल प्रहरीसँग यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय बारे धनगढीमा अभिमुखीकरण तथा अन्तरक्रिया

सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाल प्रहरीसँग यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय बारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आइतबार धनगढीको आस्था होटेलको सभाहलमा निल हिरा समाज धुम्बराही काठमाडौको आयोजनामा सुदूरपश्चिम समाज कैलाली, धनगढी को समन्वयमा नेपाल प्रहरीसँग अभिमुखीकरण तथा अन्तरक्रिया बैठक सम्पन्न भएको हो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी भूमिका श्रेष्ठले " हामी सबै भिन्न, हामी सबै समान" यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको बारेमा प्रस्तुतीकरण संगै जानकारी गराउनुभएको थियो। 

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी सिम्रन शेरचनले आफ्नो जिन्दगीमा आइपरेका समस्या चुनौती देखि लिएर अवसरको बारेमा समेत जानकारी गराउनु भएकी थिन्। जसले अल्पसंख्यक समुदायले अबका दिन आफ्नो पहिचानमा सहज हुन सक्ने बताइन्।

सुदूर पश्चिम समाज अध्यक्ष  निरङ्ग चौधरीले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार, खेप्नुपरेको हिंसाका बारेमा र समान प्रतिनिधित्व र मतदाता अधिकारसंग सम्बन्धित मुद्दाहरु, वैवाहिक समानता, शिक्षा लगायतको बारेमा प्रस्तुतीकरण दिनु भएको थियो।

कैलाली जिल्ला प्रहरी प्रमुख एसपी बल नरसिंह राणा ले व्यवहार निरन्तर सबैलाई प्रहरीको राम्रो नै रहने छ, आगामी दिनमा नेपाल प्रहरीले सामाजिक सुरक्षा कायम गर्ने भएको हुँदा समाजमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई समाजिक रुपमा हेर्ने दृष्टिकोण सकारात्मक रहेको र आगामी दिनमा समन्वय सहकार्य निरन्तर रहने भन्दै आयोजक टिमलाई धन्यवाद दिनु भयो। 

प्रहरी निरिक्षक दर्शन खड्काले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायलाई पनि के गर्न हुने र नहुने विषयमा समेत सचेतना संगै परामर्श थप समुदायलाई बढाउनको लागि समेत आग्रह गर्नुभएको थियो। प्रहरीले सुरक्षा व्यवस्थापन कायम विशेष रुपमा अगाडि बढाउनमा सबैको साथ सहयोगको समेत अपेक्षा रहेको छ।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा पनि पछिल्लो समयमा हिंसा बढ्ने क्रम रहेको हुँदा त्यसको क्षेत्रमा सबैले संवेदनशील हुनु पर्ने कुरामा विशेष जोड दिनु पर्ने देखिन्छ।

कार्यक्रममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय निल हिरा समाज उपाध्यक्ष सिम्रन शेरचन प्रतिनिधि भुमिका श्रेष्ठ, यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघ नेपालका अध्यक्ष,सुदूर पश्चिम समाज निरङ्ग चौधरी, कैलाली जिल्ला प्रहरी प्रमुख एसपी बल नरसिंह राणा लगायत प्रहरीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>