शिक्षकहरूका लागि मानव वन्यजन्तु सहस्तित्व सम्बन्धी अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ। लालझाडी मोहना जैविक मार्ग क्षेत्रका इको वातावरण शिक्षकहरूका लागि मानव वन्यजन्तु सहस्तित्व सम्बन्धी एक दिने कार्यशाला धनगढीको होटल हटपटमा सोमबार सम्पन्न भएको छ।
कार्यशालामा करिब दुई दर्जन शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो। कार्यशालापछि शिक्षक शिक्षिकाहरूले आफ्ना विद्यालयका छात्रछात्रालाई मानव वन्यजन्तु सहस्तित्वका बारेमा थप जानकारीहरू दिन सक्ने र संरक्षणमा टेवा पुग्न सक्ने विश्वास वन समन्वय समिति कञ्चनपुरले लिएको छ।
कार्यक्रममा समन्वय समितिका अध्यक्ष तथा वरिष्ठ संरक्षणकर्मी महेश दत्त जोशी, उपाध्यक्ष नरेशराज भट्ट लगायतको सहभागिता रहेको थियो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया