Samriddhipost
२०८२ जेठ ०१ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०१ गते मङ्गलबार

कडायतको मृत्यु पछी राजमार्ग चक्का जाम
फायल साङ्केतिक तस्वीर

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा सोमबार गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतको मृत्यु भएको थियो । जिल्लाको घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकलमा सवार कडायतको मृत्यु भएको हो । बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा घाइते भएका मोटरसाइकमा सवार कडायतलाई घोडाघोडी अस्पतालमा उपचारका लागि लगिएको थियो । घोडाघोडी अस्पतालका चिकित्सकले कडायतलाई मृत घोषणा गरेको थियो ।
सोही घटनालाई लिएर मृतकका आफन्तहरुले आज क्षतीपुर्तीको माग सहित मसुरिया बजारमा चक्काजाम गरेका छन् । दोषीलाई कार्वाही सगैं क्षतीपुर्तीको माग सहित उनिहरुले बिहान ११ बजेदेखी मसुरिया बजारमा आन्दोलन थालेका हुन् । उनिहरुको आन्दोलनका कारण पुर्व पश्चिम राजमार्ग ठप्प परेको छ । बिहान ११ बजेदेखी यातायात ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।
दुर्घटनामा मृत्यु भएका कडायतका आफन्तले मसुरिया बजारमा क्षतीपुर्तीको माग सहित आन्दोलन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायक उपरिक्षक राज कुमार सिहंले बताए । सवारी साधन ठप्प भएपनि यात्रुहरुलाई आवतजावतमा सहजीकरण गरिरहेको उनले बताए । साथै पिडित परिवार सगं सहमतीका लागी छलफल समेत भइरहेको उनले बताए । हायस चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरी र हायसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>