खडक बहादुर काेली - शुक्लाफाटा नगरपालिका ११ नम्बर वडा कार्यालयमा बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। साथी संस्थाको आर्थिक सहयोग तथा ११ नम्बर वडाको सहकार्यमा ४ विद्यालयका १२ जना विभिन्न परिवारका बालबालिकाहरूलाई स्कुल ड्रेस , ट्रेक सुट ,झोला, कापी,डटपेन , लगायतका शैक्षिक सामग्री पाेशाक विचरण गरिएको ११ नम्बर वडाका वडा अध्यक्ष शेर बहादुर साउदले बताएका छन्। सरस्वती मावि अमरपुर, सिद्धभिम आधारभूत विद्यालय कलुवापुर, दिपनगर आधारभूत विद्यालय र दशरथ आधारभूत विद्यालयमा अध्ययनरत गरीब, विपन्न परिवारका बालबालिकाहरूलाई पढाइमा सहज होस् भन्ने उद्देश्यका साथ शैक्षिक सामग्री ४ विद्यालयका १२ जना बालबालिकाहरूलाई उपलब्ध गराएकोले साथी संस्थालाई धन्यवाद दिँदै अध्यक्ष शेरबहादुर साउदले साथी संस्थाको यस सहयोगले गरिब, विपन्न परिवारका बालबालिकाहरूले पढाइमा सहयोग मिलेको छ भने अर्कोतिर यो कार्य सहयोगी मात्र नभई भावनात्मक तथा सामाजिक कार्य भएको भन्दै साथी संस्थालाई धन्यवाद दिएका छैन। संस्थाकी संयोजक पार्वती भण्डारीले यस संस्थाले ३दशकदेखि लैङ्गिक समानता , नीतिगत बहस ,पैरवी सचेतनाका साथै विभिन्न अभियान मार्फत काम गर्दै आइरहेको संस्था भएकाेले ११ वडामा रहेका ४ विद्यालयका १ कक्षादेखि ९ कक्षासम्मका गरी विपन परिवारका बालबालिकाहरूलाई छनौट गरी पढाइमा केही सहयोग मिल्ने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको बताइन्। वडा अध्यक्ष शेरबहादुर साउदको अध्यक्षतामा भएको बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग कार्यक्रमको प्रमुख अतिथि शुक्लाफाटा नगरपालिकाकी उप प्रमुख कल्पना कुमारी पन्त रहेकी थिइन् भने कार्यक्रममा शिक्षक शिक्षिका जनप्रतिनिधि र अभिभावकहरूको उपस्थिति रहेको थियो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया