Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०२ गते शुक्रबार

शेरबहादुर देउवाको निर्वाचन क्षेत्र माओवादीमय

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग यात्राको सुरुवात गर्न माओवादी केन्द्रको टोली डडेलधुरामा छ ।
जेठ २ गते बिहान ११ बजे बैतडी जिल्लाको पाटनबाट मध्य पहाडी लोकमार्गको यात्रा शुभारम्भ गरिँदैछ। यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायण काजी श्रेष्ठ, उपाध्यक्षहरू नन्दबहादुर पुन पासाङ, अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरू पम्फा भुसाल, गिरिराज मणि पोखरेल, लगायतका पदाधिकारी केन्द्रीय सदस्य र सुदूरपश्चिम भूगोल भएका नेताहरू डडेलधुरामा छन् ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा जहाँबाट लगातार प्रतिनिधिसभामा शेरबहादुर देउबा प्रतिनिधित्व गर्दै आउनुभएको छ। उक्त क्षेत्रको सदरमुकाम डडेलधुरा बजार क्षेत्रमा माओवादी नेता कार्यकर्ताहरूको ठूलो जमघट ले डडेलधुरा माओवादीमय भएको छ।
बिहानीको हिँडाइ र पत्रकार सम्मेलन गरेर नेताहरू बैतडीको पाटनमा जनसभाको लागि पुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>