Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ १२ गते बुधबार

राष्ट्रियसभा निर्वाचन आज,कति सिटका लागि हुदैछ निर्वाचन

बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ  । 
मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएतका काम सम्पन्न भएको र निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने आयाेगले जनाएकाे छ  ।’
आयोगले २१ बुँदे स्वास्थ्य मापदण्डहरू तय गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ  । सरकार र सीसीएमसीले तयार गरेको स्वास्थ्य मापदण्डका आधारमा आयोगले स्वास्थ्य मापदण्डहरू तयार गरेको छ । ती स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गरेर मतदान गर्ने तय गरिएको आयोगले जनाईकाे छ ।
सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था मिलाउनका लागि अनुरोध गरिएको र जिल्ला निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण पदाधिकारीहरू भएर आवश्यकता अनुसार निर्वाचन सुरक्षा बैठक बसेर सुरक्षाको सबै चाँजोपाँजो पनि मिलाइएको आयाेगले जानकारी दिएकाे छ ।
राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटका लागि ९ दलका ४३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र  १८ रहेको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>