खडक ब. काेली - दोधारा चाँदनी नगरपालिका ७र ८ मा भत्केका कल्भर्ट दोस्रो वर्षातको समय आउन लाग्दा पनि बन्न सकेको छैनन् । दोधारा चाँदनी नगरपालिका ८ नम्बर वडा कार्यालय नजिक रहेको खत्री टोल जाने खल्लाको कल्भर्ट पुल र ७ नम्बर वडा कार्यालयमा रहेको सिआरपि चोक नजिक खल्लामा बनेको कल्भर्ट गत वर्ष अषाढ २२, २३ र २४ गते आएको अविरल वर्षाका कारणले भत्किएका थिए ।
त्यतिबेला अहिलेसम्म नागरिकहरूले शास्ती भोग्नु परिरहेको छ। एक वर्ष बितिसक्दा पनि कलभट पुल नबनेकोले आवत जावतमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय बासी बिक्रम खड्काले भने दोस्रो वर्षातको समय आउन लाग्यो पुल बनेको छैन पुल बनाई दिनु हामी स्थानीय बासिन्दाको सरकारसँग जोडदार माग छ। जोडदार माग छ । खोला बढेपछि आवतजावतमा समस्या आउँछ । यो बाटोबाट कालिका हाटबजारदेखि सुन्दर नगर मेला, विद्यालय, खत्री टोल, पिपल चौतारा, बझाङ्गी टोल, गौरी टोल, बासगरी टोल जाने मूल बाटो (कल्भर्ट )भएकोले वर्षातको समयमा आवतजावत गर्न कठिनाई हुने भएकोले वर्षात अगाबै बनाई दिन सरकारसँग स्थानीयहरूको माग रहेको छ ।
दोधरा चाँदनी नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष ओम प्रकाश रोकायले बजेट अभावका कारणले कल्भर्ट निर्माण हुन नसकेको हो । उहाँले भन्नुभयो खत्रीटोलको कल्भर्ट बजेटिङ भइसकेपछि टुटेको हुनाले निर्माण गर्नमा कठिनाइ भएको हो । यो कल्भर्ट पुल निर्माणका लागि इन्जिनियरको स्टमेट अनुसार २५ लाख रुपैयाँ लाग्ने वडा कार्यालयमा बजेट नहुने नगरपालिकामा पनि बजेट नभएकाले १ वर्ष बितिसक्दा पनि बनाउन नसकेको बजेटको लागि प्रदेश सभा सदस्य बेलबहादुर राना र गृहमन्त्री रमेश लेखकलाई बजेटको माग बारम्बार गर्दा पनि बजेट नहालेको कारणले यो पुल बन्न नसकेको हो नगरपालिकाका र प्रदेश सरकारसँग बजेट माग गरेर आउँदो वर्षात भित्रै पुल अथवा कल्भर्ट बनाउने योजना रहेको वडा अध्यक्ष ओम प्रकाश रोकायले बताएका छन ।
त्यसैगरी गत अषाढ २२, २३ र २४ गतेको अविरल वर्षाको कारण दोधरा चाँदनी ७ नम्बर वडा कार्यालयमा रहेको कल्भर्ट भत्किएको र दोस्रो वर्षा समय आउँन लाग्दा नबनेकोले स्थानीयहरूलाई आवतजावतमा कठिनाइ भएको दोधरा चाँदनी नगरपालिकाका ७ नम्बर वडाका वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहेक क्षेत्रीले बताए, उहाँले भन्नुभयो आवतजावत गर्न ६÷७ सय घर धुरीलाई असर परेको छ, भने बाबाथान देखि महाकाली जाने सडक अन्तर्गत सिआरपी चोक नजिक खल्लामा बनेको कल्भर्ट बनाउनु १५ लाख भन्दा बढि बजेटको आवश्यकता रहेको बताउँदै वडामा बजेट नभएको कारणले बनाउन नसकेको अब नगरपालिका र प्रदेश सरकारसँग माग गरेर कल्बर्ट वर्षातको समय आउनुभन्दा अगावै बनाउने उनको भनाइ रहेको छ ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले २०८१ असार २२ ,२३ र २४ गते आएको अविरल वर्षाका कारणले दोधरा चाँदनी नगरपालिकालाई डुबान, कटान पटानले ठूलो क्षति भएकोले भएको बजेट सकियो बजेट नपुगेर ठेकेदारहरूको गाडी भाडाको रकम तिर्न बाँकी नै रहेको र बजेट सकिएका कारणले दोधारा चाँदनी नगरपालिकाका वडाहरूका बाटो, पुल, पुलेसाहरु, कल्भर्ट लगायतका भौतिक संरचनाहरू बनाउनु बाँकी नै रहेको बताउनुभएको छ ।
नगरपालिका बाट बजेट छुट्याएर अथवा प्रदेश सरकारसँग बजेटको माग गरेर कल्भर्ट लगायत लगायतका संरचनाहरू बनाउने नगर प्रमुख किशोर लिम्बुले बताउनुभएको छ ।
७ नम्बर र ८ नम्बर वडाबासीहरूले भने हामीले वडा, नगर प्रदेश र सङ्घ सरकारका प्रतिनिधि निर्वाचित गरेर पठाउँदा पनि एक वर्षसम्म सानातिना कलबट समेत नबनाएर आफूहरूले दुःख पाइरहेको बताएका छन् । आवतजावतमा ठूलो समस्या परेको छ बर्खाको समय आउनु एक महिना मात्र बाँकी छ बर्खा आउनुभन्दा अगाबै हाम्रा खोला खोल्सामा टुटेका कल्भर्टहरू पुल, बाटाहरू बनाई दिन हुन वडा सरकार, नगरपालिका र प्रदेश सरकारसँग जोडदार माग गरेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया