बैतडीमा धारिलो हतियार प्रहारबाट दुई जना बृद्ध महिला गम्भिर घाईते भएका छन् ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ६ रपनाका २० वर्षीय धनवीर धानुकले ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया द्रोपती धानुकमाथि धारिलो हतियार प्रहार गरेर गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सूचना अधिकारी बल्देब बडूले जानकारी दिनुभयो ।
शनिवार (आज) विहान ११ बजेतीर धनवीरले दुबै जना बृद्ध महिलामाथि धारिलो हतियार प्रहार गरेको उहाँले बताउनुभयो । घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने द्रोपती धानुकको बाँया कानमा चोट लागेको छ । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
हतियार प्रहार गर्ने धनवीरलाई इलाका प्रहरी कार्यालय ढोल्यामोडले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया