Samriddhipost
२०८२ जेठ ०५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०५ गते सोमबार

राजमार्गमा बालुवा सहितको पानी छरिँदै, प्रहरी हेरेको हेऱ्यै ।

कञ्चनपुरका विभिन्न नदी तथा खोलाबाट नदीजन्य वस्तुहरू उत्खनन भएर टिप्पर ट्याक्टर लगायतका साधनबाट ओसारिने गरेको छ। यस्ता केही जसो साधनमा पानी राख्ने ट्याङ्की बनाइएको छ भने धेरैजसो साधनहरू पानी राख्ने ट्याङ्की नभएको अवस्थामा छन्।

पानी भएका ट्याङ्कीहरूले समेत नदीजन्य वस्तु ओसारीरहेको अवस्थामा ट्याङ्की भरिएर बालुवा सहितको पानी बगिराखेको हुन्छ। यस्तो बालुवा पानीले सडक फोहोर गर्ने सडकमा भएका यात्रुहरुलाई असर गर्ने अवस्था रहेको छ ।

अर्कोतर्फ सडकमा यसरी बालुवा तथा पानी फाल्दै जाने कानुनी व्यवस्था छैन। यसरी फालिएको बालुवा पानीले सडकलाई समेत खराब गर्ने र यस्तो गर्न नहुने व्यवस्था रहेको छ। यसलाई नियमन गर्ने ट्राफिक प्रहरी कार्यालयले बेलाबखत नियमन गरेको भन्दै आएको छ। तर वास्तवमा नियमन गर्नुको साटो मासिक रुपमा केही आर्थिक लिएर ट्राफिकले नियमन नगरेको केही टिप्पर तथा ट्याक्टर चालकहरू बताउँछन् ।

ट्राफिक प्रहरीले हेरेको हेरिरहने व्यवस्थाबाट ट्राफिक प्रहरी नियमन गर्दै अगाडि बढ्नु आवश्यक छ।

बालुवा र पानी छरेर जाने टिप्परको एक अर्को भिडियो सहितको लिङ्क तलको युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ।

https://youtu.be/38-W7NmoROk?si=K862Veml7sU7eWcA

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>