Samriddhipost
२०८२ जेठ ०५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०५ गते सोमबार

स्वास्थ्य जीवनको लागि प्रचण्ड गर्मीमा अनसन बसेका खड्का कुमार सम्बोधन कहिले हुन्छ ?

अरुको प्राण रक्षाका लागि अनसनमा बसेका यी मानिस भीमदत्त नगरपालिका ५ घर निवासी राजु सिंह खड्का हुन्। उनले लामो समयदेखि विषादीरहित खानाको प्रयोग, विद्यालय जाने बालबालिकामा पत्रु खानाको प्रयोग गर्न नहुने स्वास्थ्यकर खानाको प्रयोग गर्नुपर्ने विषय अगाडि सार्दै जनचेतनाका काम गर्दै आएका हुन्।

यी मानिसले भीमदत्त नगरपालिकाका अधिकांश विद्यालयमा गरायो जनचेतनाका काम गरेको बताउँछन्। आफ्नै खर्चले यसरी कार्यक्रम गरिरहँदा ऋणसमेत लागेको समेत उहाँ बताउनुहुन्छ ।

२०८१ को अन्त्यतिर उहाँलाई हामीले गृहमन्त्रालयमा भेट्यौँ। उहाँ गृहमन्त्री रमेश लेखकलाई भेट्न जानुभएको रहेछ। उहाँले आफूले लगातार यस्तो कामहरु गरिरहेको यो काम स्थानीय सरकारहरुले गर्न सक्ने भन्दै आफ्ना निर्वाचन क्षेत्रका विद्यालयहरूमा स्वस्थकर खानाको प्रयोग र विषादी रहित खानाको उपभोग गराउन भन्दै अनुरोध गर्न आएको बताउनु भएको थियो ।

अहिले उहाँ यस्तो प्रचण्ड गर्मीमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ को मदनचोकमा अनुसन्धानरत हुनुहुन्छ। गर्मीमा बाहिर निस्किन समेत कठिन भइरहेका अवस्थामा उहाँ ज्यानको प्रवाह नगरेर अनसनरत हुनुहुन्छ।

खानामा विषादी घटाउनुपर्ने वा विषादीको अन्त्य हुनुपर्ने र विद्यालय जाने बालबालिकाहरूमा पत्रु खानाको प्रयोग हटाउनुपर्ने र स्वास्थ्यकर खानाहरू उपभोग गर्न दिनुपर्ने यो गराउने काम प्रत्येक अभिभावक स्थानीय सरकारले समेत गर्न सक्नुपर्ने हो। तर कसैले चासो दिएको देखिँदैन । 

यसरी वातावरण र स्वास्थ्यकर खानाका विषयमा जनचेतना फैलाउँदै जनजीविकाका विषयमा आन्दोलनरत वा अनसनरत खड्काका विषय सम्बोधन भएर समाधान हुनुपर्ने हो। तर कसैले चासो लिएको देखिँदैन।

अहिलेको यो भिडियोमा भिमदत्त नगरपालिका वडा कार्यका अध्यक्ष प्रकाश थापा ले उहाँसँग संवाद गरेको देखिन्छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>