कैलालीको गोदावरी नगरपालिका १ मा बेवारिसी अवस्थामा रहेकी एक महिलालाई अचेत अवस्थामा बच्चा जन्माउन सहयोग गर्ने महिला प्रहरी जवानचन्द्रका देउबा सम्मानित भएकी छन्।
प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् ।
सुत्केरी व्यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो ।
प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् । प्रहरी जवान देउवा खैराना प्रहरी चौकीमा कार्यरत छिन् ।
एक महिलाले अस्वभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि देउवा घटनास्थल चैतन्यपुर पुगेकी थिइन् ।
प्रहरी जवान देउवाले भनिन्, ‘स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्यथाले छट्पटाएकी रहिछिन् । कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् ।’
उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन् । तर व्यथाले च्यापेकी ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै शिशुलाई जन्म दिएकी छिन् । यो मंगलवार बिहान ९ बजेतिरको घटना रहेको उनले बताइन् ।
त्यपछि ती महिलालाई अत्तरियास्थित पद्मा अस्पताल पठाइएको देउवाले बताइन् । उनका अनुसार ती महिला बेवारिसे अवस्थामा बस्ने रहिछन् । ‘घर कहाँ, के गर्ने केही पनि थाहा छैन । उहाँ पीडामा भएकाले केही पनि बोल्न सक्नु भएन । मानसिक रुपमा पनि उहाँ स्वस्थ नरहेको भन्ने बुझिएको छ,’ उनले भनिन् ।
अन्दाजी ३०/३५ वर्षकी ती महिला विवाहित हुन् वा होइनन् पनि यकिन हुन सकेको छैन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया