Samriddhipost
२०८२ जेठ ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०८ गते बिहिबार

कञ्चनपुरमा सबैभन्दा धेरै बेरुजु गर्नेमा भीमदत्त नगरपालिका कम बेरुजु भएको वेदकोट नगरपालिका ।

सार्वजनिक महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले भने सर्वसाधारणलाई निराश बनाएको छ।
महालेखा परीक्षकको कार्यालयको ६२ औँ वार्षिक लेखा परीक्षण प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कञ्चनपुरका स्थानीय तहको बेरुजु आधा अर्ब नजिक पुगेको औल्याइएको छ । महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको बेरुजु रकमलाई हेर्दा सर्वसाधारण नागरिक निराश हुने अवस्था देखिएको छ।
कंचनपुरका९ स्थानीय तहमा ४० करोड ६० लाख बेरुजु महालेखाको प्रतिवेदनमा औल्याएको छ । कञ्चनपुरमा दुई गाउँपालिका र सात नगरपालिका छन् ।
भिमदत नगरपालिकाले बेरुजुमा सबैलाई उछिनेर शीर्ष स्थान बनाएको छ । बेदेकाट नगरपालिका ९ पालीकामा तुलनात्मक सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा परेको छ ।
स्थानीय तहको लेखा परीक्षण गरिएको रकमका आधारमा भीमदत्त नगरपालिकामा सबैभन्दा बढी बेरुजु छ ।भीमदत्त कञ्चनपुरको सबैभन्दा पूरानो नगरपालिका हो ।
कञ्चनपुरको सबैभन्दा पूरानो नगरपालिका भीमदत्तमा ९ बटै स्थानीय तहको सबै भन्दा बढी१५ करोड एक लाख बेरुजु रकम आएको छ ।
यो ४ दशमलव २४ प्रतिशत हो । भीमदत्तमा तीन अर्ब ५३ करोड १८ लाख रकम लेखा परीक्षण गरिएको थियो ।भीमदत्तमा काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी मेयर छन् । उनी २०७९ मा मेयर निर्वाचित भएका हुन् ।
बेलौरी नगरपालिकाको बेरुजु रकम ६ करोड ७३ लाख छ । यो लेखा परीक्षण गरिएको रकमको ५ दशमलव ३५ प्रतिशत हो । बेलौरीमा एक अर्ब २५ करोड ९१ लाख रकमको लेखा परीक्षण गरिएको थियो ।
बेलौरीमा माओवादी केन्द्रका नेता पोतिलाल चौधरी मेयर छन् । उनी २०७४ देखि लगातार मेयर छन्  । काँग्रेस कञ्चनपुरका पूर्व सचिव भोजराज बोहराले बेदकोटलाई सबैभन्दा कम बेरुजु भएको नगरपालिका बनाएका छन् ।
उनी २०७९ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएका हुन् ।बेदकोट लेखा परीक्षण गरिएको रकमको शुन्य दशमव ४८ प्रतिशत मात्रै बेरुजु छ ।एक अर्ब तीन करोड २२ लाखको लेखा परीक्षण हुँदा ८२ लाख ७६ हजार मात्रै बेरुजु आएको छ ।आर्थिक वर्ष २०८०÷०८१ मा बेदकोटमा पदमराज भट्ट प्रमुख प्रशासकीय अधिकृत थिए ।
अहिले उनी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बाहिर छन् ।
बेदकोटपछि छिमेकी शुक्लाफाँटा नगरपालिका बेरुजु कम भएको स्थानीय तह भएको छ । शुक्लाफाँटामा एमालेका नेता रण बहादुर महरा मेयर छन् । २०७९ मा मेयर निर्वाचित भएका हुन् । शुक्लाफाँटामा लेखा परीक्षण गरिएको एक अर्ब ५८ करोड ४१ लाख रकममा शुन्य दशमलव ७१ प्रतिशत बेरुजु आएको छ ।
यो एक करोड १३ लाख हो ।शुक्लाफाँटामा २०८०÷०८१ मा टिकेन्द्र प्रसाद भट्ट प्रमुख प्रशासकीय अधिकृत थिए । अहिले उनी पनि जिम्मेवारी बाहिर छन् । 
काँग्रेस कञ्चनपुरका सचिव हेमराज ओझा कृष्णपुर नगरपालिकाका मेयर छन् । कृष्णपुरमा ४ करोड ७१ लाख बेरुजु आएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा १ अर्ब ८६ करोड ३७ लाख रकम लेखा परीक्षण गरिएको थियो । यो रकमको २ दशमलव ५३ प्रतिशत बेरुजु आएको हो ।पुर्नवास नगरपालिकाको २ दशमलव २७ प्रतिशत बेरुजु आएको छ ।
एक १ अर्ब २६ करोड २२ लेखा परीक्षण हुँदा २ करोड ८६ लाख बेरुजु आएको छ । शिक्षक पृष्ठभूमिका काँग्रेस नेता तोयप्रसाद शर्मा पुनर्वासका मेयर छन् ।महाकाली नदी पारीको दोधारा चाँदनीले पनि बेरुजुमा फड्को मारेको छ ।
दोधारा चाँदनीमा एमाले किशोर कुमार लिम्बु मेयर छन् । ९९ करोड ४२ लाख लेखा परीक्षण भएकोमा ३ करोड ८४ लाख बेरुजु आएको छ ।
यो ३ दशमलव ८७ प्रतिशत हो ।दुई गाउँपालिकाको लेखा परीक्षण रकमका आधारमा बेरुजु हाराहारी छ । बेलडाँडीमा काँग्रेस कञ्चनपुरका उप सभापति हरिशचन्द्र राना अध्यक्ष छन् । राना शिक्षण पेशा छाडेर चुनाव लडेका हुन् ।
बेलडाँडी गाउँपालिकाको बेरुजु ४ दशमलव शुन्य ६ प्रतिशत छ । ६७ करोड १ लाख लेखा परीक्षण हुँदा २ करोड ७२ लाख बेरुजु आएको छ ।
लालझाँडी गाउँपालिकाको बेरुजु रकम २ करोड ७५ लाख छ । ९३ करोड ९० लाख लेखा परीक्षण हुँदा यो बेरुजु आएको छ । यो रकम २ दशमलव ९३ प्रतिशत हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>