कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा निर्माणाधीन सुक्खा बन्दरगाह क्षेत्रभित्र पर्ने गौरीशंकर सामुदायिक वनबाट १०९ वटा रुख चोरी भएको खुलासा भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार, बन्दरगाह निर्माणका लागि छपान गरिएको १ हजार ७ सय २ रुखमध्ये १०९ रुख फिल्डमै भेटिएनन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त सामुदायिक वनबाट सिसौका ४० वटा ठूला रुख र ६९ वटा पोल साइजका रुख गरी १०९ रुख चोरी/तस्करी भएको पाइएको हो।
रुख कटान सुरु हुनुअघि नै चोरी
रुख कटान गर्नुअघि नै वन मन्त्रालयको पत्राचारमार्फत अनुमति प्रक्रिया पूरा गरिएको थियो। ०८१ असोज २ गते मन्त्रिपरिषद्ले रुख कटान गर्ने निर्णय गरेपछि असोज ६ गते वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्राचार गरेको थियो। त्यसको तीन दिनपछि असोज ९ गते इन्टरमोडल कार्यालयलाई कटानको अनुमति प्रदान गरिएको थियो।
रुख कटान सुरु हुनु अघिनै छपान गरिएका १०९ रुख गायब भएपछि बाँकी १ हजार ५ सय ९३ रुख मात्र कटान गर्न आदेश दिइएको हो। हाल सुक्खा बन्दरगाह निर्माणस्थलमा रुख कटानको काम निकुञ्जका कर्मचारीको रोहबरमा भइरहेको छ। कटान गरिएको काठ निकुञ्जकै पिपरियास्थित घाटगद्दीमा संकलन गरिँदै छ।
सामुदायिक वनलाई स्पष्टीकरण
रुख चोरी भएको पत्ता लागेपछि निकुञ्जले गौरीशंकर सामुदायिक वनका पदाधिकारीहरूलाई स्पष्टीकरण सोधेको थियो। पदाधिकारीहरूले सीमावर्ती क्षेत्रका वन क्षेत्रमा चोरी/तस्करी भइरहने, नजिकै मसानघाट भएकाले अन्तिम संस्कारमा प्रयोग हुने र हात्ती, बाघजस्ता वन्यजन्तु आउने भएकाले रातिको समयमा नियमित गस्ती गर्न नसकिएको भन्दै कमजोरी स्वीकारेका छन्।
काठसहित तीन जना पक्राउ
चोरी भएको काठसहित हालसम्म तीन जनालाई पक्राउ गरिएको छ। उनीहरू दोधारा चाँदनीकै स्थानीय हुन्। संरक्षण अधिकृत वाग्लेका अनुसार, एक जनालाई सामुदायिक वनभित्रै रुख काटिरहेको अवस्थामा र अर्को जनालाई आफ्नो घरमा काठ लुकाइराखेको अवस्थामा पक्राउ गरिएको हो। तेस्रो व्यक्तिलाई पनि चोरीमा संलग्न रहको आशंकामा पक्राउ गरिएको छ।
पक्राउ परेकाहरूले गौरीशंकर सामुदायिक वनबाट रुख चोरी गरेको स्वीकारेका छन् भने अन्य फरार व्यक्तिको खोजी भइरहेको वाग्लेले जानकारी दिए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया