Samriddhipost
२०८२ जेठ १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ०९ गते शुक्रबार

लक्ष्मी मावि गुरु योजना निर्माणका लागि सुझाव संकलनमा

सुदूरपश्चिम प्रदेश सरकारबाट नमुना विद्यालयमा छनौट भएको कञ्चनपुरको एक विद्यालयले गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा जुटेकोे छ । प्रदेश सरकारबाट नमुना विद्यालयमा छनौट भएको भीमदत्त नगरपालिका १९बागफाँटाकोे लक्ष्मी माध्यामिक विद्यालयले गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा जुटेकोे होे ।
शुक्रबार विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधी सहितका सरोकारवाला निकायका प्रतिनिधीसंग गुरुयोजना निर्माणका लागि कार्यशाला नै गरेर छलफल गरेको विद्यालयले जनाएको छ ।लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले सरकारले नमुना विद्यालय छनौट गरेसंगै आगामी आर्थिक बर्षका लागि १५जेठभित्रै कार्ययोजना पेश गर्न समयदिएकाले सरोकारवालासंग छलफल गरेको बताए ।‘हामीले नमुना विद्यालय संचालन हुने भएपछि विज्ञ सहितका सरोकारवालालाई राखेर सुझाव संकलन गरेका छौँ, ‘उनले भने, ‘सरोकारवालाबाट आएको सुझाव अनुरुप कार्ययोजना पेश गछौँ ।
प्रदेश सरकारले दिएको कार्यबिधी अनुरुप साच्चिकै नमुना विद्यालय बनाईने प्रअ नाथको संकल्प छ । प्रअ नाथका अनुसार ईन्जिनियर रविन्द्र दवाडीसुप विश्वविद्यालय ईन्जिनियरियर संकायमा कार्यरत प्राध्यापक जयराजन पन्थीबाट प्राविधिक सहयोग मिलेको बताए । शुक्रबार सरोकारवालासंग गरिएको छलफलमा साच्चिकै नमुना विद्यालय बनाउन सुझाव दिएका छन । ईन्जिनियर रविन्द दवाडीले नमुना विद्यालय गेटदेखि कक्षाकोठासम्म सबै विषयमा नमुना हुनुपर्नेमा जोडदिएका छन । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य बसन्ती जोशीले व्यक्तिगत स्वार्थ त्यागेर सबैले नमुना विद्यालयमा बनाउन केन्द्रीतमा सुझाव दिईन । भीमदत्त नगरपालिका १९का वडा सदस्य भागरथी विष्टले सामुदायिक विद्यालय नमुना बनाउन जनप्रतिनिधीका तर्फबाट सहयोगको बाचा दिईन । अभिभावक डिलाराज पन्तले नमुना विद्यालयको स्तरोन्नतीमा विद्यालय, सरकार र समुदायको भूमिका रहने बताए ।
लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले प्रदेश सरकारले नमुना विद्यालय छनौट गरेपछि विद्यालयलाई साच्चिकै नमुना बनाउनका लागि विद्यार्थीमैत्री नमुना विद्यालय बनाउन सरोकारवालाले समेत साथसर्मथन गर्नुपर्ने बताए । प्रदेश सरकारले लक्ष्मी सहित कञ्चनपुरका ६ विद्यालय नमुना बनाएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>