Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १० गते शनिबार

सुदूरपश्चिम र काङवोन विश्वविद्यालय बीच विद्यार्थी प्राध्यापक आदानप्रदानको सम्झौता ।

नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीका  विद्यार्थी र प्राध्यापकहरु आदान–प्रदान हुने 

सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकाय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र (MoU) आदान–प्रदान गरिएको छ।

काङ्वोन युनिभर्सिटीतर्फबाट विभाग प्रमुख प्रा. डा. वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन किसन दत्त भट्टद्वारा हस्ताक्षर गरिएको उक्त समझदारीपत्र  सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको उपस्थितिमा आदान–प्रदान गरिएको हो।

दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको MoU मा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने व्यवस्था गरिएको छ।

समझदारीपत्र पाँच वर्षसम्म प्रभावकारी रहनेछ। यस अवधिमा दुवै विश्वविद्यालयले आपसी विश्वास, मित्रवत् सम्बन्ध र साझा हितका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>