Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १० गते शनिबार

राजस्व रकम दाखिला नगरी कृते गरेको आरोपमा दुहुँका लेखापाल पक्राउ

महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा यहाँको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ । 
गत आर्थिक वर्ष २०८०/८१ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा लेखापाल भट्टले रु दुई लाख राजस्व दाखिला नगरेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लेखापाल भट्टले आर्थिक वर्ष २०८०/८१ को समपरीक्षणका लागि २०८१ मङ्सिरमा लेखा व्यवस्थापन प्रणालीबाट राजस्व दाखिला भौचर बनाएर  अपलोड गरी पैसा नबुझाएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
लेखापाल भट्टले अपलोड गरेको रु दुई लाखको भौचरबाट कुनै पनि रकम जम्मा नभएको देखिएपछि अनुसन्धान गर्न उहाँलाई पक्राउ गरिएको बताइएको छ । राजस्व रकम दाखिला नभएको बारे कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले दुहुँ गाउँपालिकालाई पत्रचार गरेपछि लेखापाल भट्टले पाँच महिनापछि गत चैत १९ गते मात्रै उक्त रकम (दुई लाख) दाखिला गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>