विद्यार्थी संख्या कम भएको भन्दै बेलडाँडी गाउँपालिकाले केही विद्यालयमा कक्षा घटाउने निर्णय गरेपछि त्यसविरुद्ध स्थानीय अभिभावकहरू आन्दोलित बनेका छन् । बेलडाँडी–२ स्थित शैलेश्वरी आधारभूत विद्यालयका अभिभावकहरू आइतवार गाउँपालिका कार्यालयमा धर्नामा बसेर निर्णय तत्काल फिर्ता गर्न माग गरेका हुन् ।
गाउँपालिकाले अभिभावक तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी नदिई एकतर्फी रूपमा निर्णय गरेको भन्दै उनीहरू आक्रोशित बनेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह साउदका अनुसार कक्षा ६,७ र ८ सम्मका ५३ जना विद्यार्थीहरू भर्ना भई पठनपाठन सुरु भइसकेको अवस्थामा तह घटाउने निर्णयले अन्योल सिर्जना गरेको बताए । “विद्यार्थीका लागि ड्रेस, पुस्तकजस्ता सामग्रीमा खर्च भइसकेको अवस्थामा कक्षा घटाइनु अभिभावकमाथि अन्याय हो,“ अध्यक्ष साउदले भने ।
यस्तै अभिभावक लक्ष्मण रानाले भने “हामी गरिबका छोराछोरी पढेर केही बन्न सकून् भनेर आशा राखेका थियौँ । ड्रेस सिलाइ सक्यौँ, पुस्तक किनेका छौँ, पढाइ सुरु भइसकेको छ । अब पालिकाले एक्कासी भन्छ—कक्षा छैन, छोराछोरीलाई कहाँ लाने ? यति धेरै खर्च गरेर फेरि अर्को ठाउँ पठाउन हामी कहाँ सक्छौ ?”
उनले थपे, “विद्यालय भनेको शिक्षा मात्र होइन, हाम्रो भरोसा पनि हो । अहिलेको निर्णयले हाम्रो विश्वासमा चोट पुगेको छ । हामी चाहन्छौँ—पालिकाले हाम्रो आवाज सुनोस्, कम्तीमा यो वर्ष कक्षा यथावत् राखोस् ।”
गाउँपालिकाले पालिका भित्रका ७ विद्यालयमा विद्यार्थी संख्या न्यून भएको भन्दै कक्षा घटाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई शैक्षिक सुधारको उद्देश्यका साथ गरिएको बताउँदै आएको छ । पालिकाका अनुसार विद्यार्थी संख्या नियमअनुसार नपुगेका विद्यालयमा शिक्षक व्यवस्थापन कठिन हुने भएकाले यो निर्णय आवश्यक भएको बताउदै आएको छ ।
यसैबीच, केही स्थानीयले भने गाउँपालिकाको कदमलाई स्वागतयोग्य बताएका छन् । उनीहरूको भनाइमा, सीमित स्रोतसाधनका बीच गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थी संख्याका आधारमा विद्यालय र कक्षाको व्यवस्थापन गर्नु समयको माग हो । “बिना आवश्यकता ठाउँठाउँमा विद्यालय खोल्दा गुणस्तरमा असर परेको छ, अब आवश्यक संख्याका आधारमा सुधार गर्ने निर्णय ठीक हो ।,”
शिक्षामा सुधार र अभिभावकको अपेक्षाबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीका बीच, बेलडाँडी गाउँपालिकाले अहिलेको असन्तुष्टि र सुझावलाई सम्बोधन नहुने संकेत गरेको छ । गाउँपालिकाले पायक पर्ने विद्यालयमा भर्ना हुन आग्रह गर्दै आएको छ । पालिकाले आफ्नो टिम बेलडाँडीको शैक्षिक सुधारमा लागेको संकेत गर्दै शैक्षिक सुधारमा सबै अभिभावकको साथ सहयोग रहेको औल्याए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया