Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०८२ जेठ ११ गते आइतबार

विद्यार्थी संख्या कम भएको भन्दै बेलडाँडी गाउँपालिकाले केही विद्यालयमा कक्षा घटाउने निर्णय गरेपछि त्यसविरुद्ध स्थानीय अभिभावकहरू आन्दोलित बनेका छन् । बेलडाँडी–२ स्थित शैलेश्वरी आधारभूत विद्यालयका अभिभावकहरू आइतवार गाउँपालिका कार्यालयमा धर्नामा बसेर निर्णय तत्काल फिर्ता गर्न माग गरेका हुन् ।


गाउँपालिकाले अभिभावक तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी नदिई एकतर्फी रूपमा निर्णय गरेको भन्दै उनीहरू आक्रोशित बनेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह साउदका अनुसार कक्षा ६,७ र ८ सम्मका ५३ जना विद्यार्थीहरू भर्ना भई पठनपाठन सुरु भइसकेको अवस्थामा तह घटाउने निर्णयले अन्योल सिर्जना गरेको बताए । “विद्यार्थीका लागि ड्रेस, पुस्तकजस्ता सामग्रीमा खर्च भइसकेको अवस्थामा कक्षा घटाइनु अभिभावकमाथि अन्याय हो,“ अध्यक्ष साउदले भने ।
यस्तै अभिभावक लक्ष्मण रानाले भने “हामी गरिबका छोराछोरी पढेर केही बन्न सकून् भनेर आशा राखेका थियौँ । ड्रेस सिलाइ सक्यौँ, पुस्तक किनेका छौँ, पढाइ सुरु भइसकेको छ । अब पालिकाले एक्कासी भन्छ—कक्षा छैन, छोराछोरीलाई कहाँ लाने ? यति धेरै खर्च गरेर फेरि अर्को ठाउँ पठाउन हामी कहाँ सक्छौ ?”
उनले थपे, “विद्यालय भनेको शिक्षा मात्र होइन, हाम्रो भरोसा पनि हो । अहिलेको निर्णयले हाम्रो विश्वासमा चोट पुगेको छ । हामी चाहन्छौँ—पालिकाले हाम्रो आवाज सुनोस्, कम्तीमा यो वर्ष कक्षा यथावत् राखोस् ।”
गाउँपालिकाले पालिका भित्रका ७ विद्यालयमा विद्यार्थी संख्या न्यून भएको भन्दै कक्षा घटाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई शैक्षिक सुधारको उद्देश्यका साथ गरिएको बताउँदै आएको छ । पालिकाका अनुसार विद्यार्थी संख्या नियमअनुसार नपुगेका विद्यालयमा शिक्षक व्यवस्थापन कठिन हुने भएकाले यो निर्णय आवश्यक भएको बताउदै आएको छ ।
यसैबीच, केही स्थानीयले भने गाउँपालिकाको कदमलाई स्वागतयोग्य बताएका छन् । उनीहरूको भनाइमा, सीमित स्रोतसाधनका बीच गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थी संख्याका आधारमा विद्यालय र कक्षाको व्यवस्थापन गर्नु समयको माग हो । “बिना आवश्यकता ठाउँठाउँमा विद्यालय खोल्दा गुणस्तरमा असर परेको छ, अब आवश्यक संख्याका आधारमा सुधार गर्ने निर्णय ठीक हो ।,”
शिक्षामा सुधार र अभिभावकको अपेक्षाबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीका बीच, बेलडाँडी गाउँपालिकाले अहिलेको असन्तुष्टि र सुझावलाई सम्बोधन नहुने संकेत गरेको छ । गाउँपालिकाले पायक पर्ने विद्यालयमा भर्ना हुन आग्रह गर्दै आएको छ । पालिकाले आफ्नो टिम बेलडाँडीको शैक्षिक सुधारमा लागेको संकेत गर्दै शैक्षिक सुधारमा सबै अभिभावकको साथ सहयोग रहेको औल्याए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>