Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ ११ गते आइतबार

संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि गीता परीक्षा हुने

खडक बहादुर कोली
       कञ्चनपुरको एक संस्थागत विद्यालयमा गीता ज्ञान परीक्षा सञ्चालन हुने भएको छ । ग्लोबल एकेडेमी बोर्डिङ स्कुलमा जीवनका लागि गीता ज्ञान राष्ट्रिय अभियानले मंसिर १५ गते गीता जयन्तीको अवसरमा गीता ज्ञान परीक्षा सञ्चालन गर्न लागेको हो । मंसिर १३ गते सञ्चालन हुने गीता ज्ञान परीक्षाले विद्यार्थीहरूमा गीता अध्ययनप्रति रुचि बढ्ने, संस्कार सिक्ने, भविष्यमा बालबालिकाहरू संस्कारी हुने, नराम्रो बाटो नलाग्ने विद्यार्थीहरुलाई गीता आकर्षित
गराउने उद्देश्यले भिमदत्त नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा १ देखि १२ कक्षासम्म विद्यार्थीलाई
परीक्षामा सहभागी गराउने र समसामयिक शिक्षामा गीता पुस्तकका लेखक योगाचार्य तथा ग्लोबल एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेन्द्र राज ओझाले बताएका छन् । योगाचार्य सुरेन्द्र राज ओझाद्वारा लिखित ६८ पृष्ठको समसामयिक शिक्षामा गीता पुस्तकबाट लिइने ५० वटा बहु वैकल्पिक प्रश्न सोधिने छन भने परीक्षा मंसिर १३ गते हुने र मङ्सिर १५ गते गीता जयन्तीको अवसरमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार समेत दिइने योगाचार्य ओझाले बताए उक्त परीक्षामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट परीक्षार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र दिईने  ओझाले बताए ।
      शिक्षा जगतका लागि गीता वास्तवमा एक अदभूत प्रेरणा भएकोले यसमा समेटिएको ज्ञानलाई सरल र सहज तरिकाले विद्यार्थीहरूको स्तर अनुरुप उनीहरुसम्म पु¥याउनका लागि गीता सम्बन्धी प्रश्न सोधिने योगाचार्य ओझाले बताए । ओझाले सामुदायिक र संस्थागत विद्यालयका बालबालिका सहभागी गराई गीता सम्बन्धी ज्ञान आर्जन गरी व्यक्ति, घर, समाजमा गीताको व्यापक प्रचार गरिनुका साथै आजका युवाहरु लागु औषध, नराम्रो बाटोतिर आकर्षित देखिएकाले नराम्रो बाटोबाट समेत जोगिनु गीताको अध्ययनले सहयोग मिल्ने छ । उनले भने मंसिर १३ गते हुने परीक्षाका प्रश्ननहरु समसामयिक शिक्षामा गीता किताबबाट सोधिने र यो किताब कञ्चनपुरका विभिन्न पुस्तक पसलमा पाइनेछ र उक्त किताबको मूल्य १५० रहेको बताउदैै गीता शिक्षाले शिक्षणको आवश्यकता र प्रयोगबारे स्पष्ट पार्ने छ भने प्रश्नहरुले पाठकहरुलाई गीताको प्राथमिक परिचय गराई गीता अध्ययनप्रति रुचि बढ्नेछ, शिक्षण सिकाई प्रश्नोत्तर विधि, ज्ञान प्रसारणको एक उच्च माध्यम भएकाले क्विज कार्यक्रम निकै आकर्षक र लोकप्रिय बन्दै आएको छ भने गीतामा आधारित क्विज तथा गीता ज्ञान परीक्षा सञ्चालनबाट गीताको प्रचारप्रसारमा ठूलो राहत पुग्ने र
परीक्षामा ५० वटा बहुवैकल्पिक प्रश्न सोधिने योगाचार्य तथा ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र राज ओझाले बताएका छन् ।
      उनले संस्थागत विद्यालयका प्रिन्सिपल तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक
सबैलाई आआफ्ना विद्यालयका विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराइदिन पनि अनुरोध गरेका
छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>